शशी कपुरलाई दादा फाल्के


बलिउडका सदाबहार अभिनेता शशी कपुरलाई सन् २०१५ को दादा साहब फाल्के पुरस्कार प्रदान गरिने भएको छ । ‘जब जब फूल खिले’, ‘दीवार’, ‘सत्यम शिवम सुन्दरम’ र ‘त्रिशुल’ जस्ता फिल्ममा अभिनय गरेका उनलाई उक्त प्रतिष्ठित पुरस्कार दिइन लागिएको हो ।
Shashi-Kapoor१८ मार्च १९३८ मा कलकत्तामा जन्मिएका शशीको बाल्यकालको नाम बलवीर राजकपुर थियो । उनले करिब १ सय १६ वटा हिन्दी फिल्ममा काम गरिसकेका छन् । उनका पिता पृथ्वीराज कपुर र ठूलो दाई राज कपुर र शम्मी कपुर बलिउड फिल्ममा महान कलाकारको रुपमा गनिन्छन् । उनी यो सम्मान पाउने परिवारका तेस्रो सदस्य हुन् । १९७१ मा पृथ्वीराज र १९८७ मा राज कपुरले यो सम्मान लिईसकेका छन् ।

शशीका भतिज ऋषि कपुरका अनुसार उनको परिवारका यी तिनै सदस्यले पद्यमभूषण श्रीको सम्मान पनि पाईसकेका छन् ।

SUBSCRIBE 👉