सुटिङ अघि नै आयो ठमेल डटकमको फष्टलुक


Thamel.comकाठमाडौं । गोपीकृष्ण मुभिजले निर्माण गर्ने घोषणा गरिएको फिल्म ‘ठमेल डटकम’को फष्ट लुक सार्वजनिक भएको छ । फिल्मले फष्टलुकसँगै छायांकनको काम पनि शुरु गरेको छ । सोमबार निर्माण युनिटले फष्ट लुक सार्वजनिक गर्दै छायांकनका लागि चरिकोट गएको छ ।

करिब एक हप्ता चरिकोटमा छायांकन हुने फिल्मको दुई गीत र केही दृष्यहरु त्यहाँ खिचिने छ । उद्धव पौड्यालको प्रस्तुति रहने फिल्मको पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, प्रमोद अग्रहरी, नरेन खड्का र नीता पोखरेललाई फिचर गरिएको छ । फिल्मको पोष्टरले एक्सनलाई प्राथमिकता दिएको छ ।

राजकुमार शर्माको निर्देशन रहने फिल्म ठमेलको परिवेशमा तीन यूवा र एक युवतीबीचको प्रेम, रोमान्स र द्वन्द्वमा आधारित हुनेछ । ठमेलकै परिवेशमा आधारित हुने भएकोले पोष्टरमा पनि ठमेललाई चित्रण गरिएको छ ।

फिल्ममा एन. बि. महर्जनको द्वन्द्व, वसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेयका शब्द, राजेश पायल राई, माण्डवी त्रिपाठी, प्रल्हाद तिमिल्सिना र अनिल सिंहको स्वर रहने छ । यस्तै फिल्ममा ब्रजेश खनालको पटकथा सम्वाद, राजु विक्रम थापाको छायांकन, कविराज गहतराज र गोविन्द राईको नृत्य रहने छ ।

निकीता पौडेल, निरज पौडेल, निरक पौडेलको निर्माण रहने फिल्मको काठमाण्डौं, दोलखा चरिकोट लगायतका स्थानमा हुनेछ।

SUBSCRIBE 👉