भुलभुलैयाको प्रिमियर


Bhul Bhulaiyaकाठमाडौं । आगामी शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘भुल भूलैया’ले सोमबार बेलुका राजधानीमा प्रिमियर शो गरेको छ । योगेश घिमिरेले निर्माण र निर्देशन गरेको फिल्मको शोमा प्रमुख कलाकार जीवन लुँइटेल नभए पनि अन्य दुई मुख्य कलाकार नीता ढुंगाना र सोहित मानन्धर उपस्थित थिए । जीवन हाल अमेरिकामा छन् ।

प्रेम कथाको फिल्मलाई सञ्चारकर्मी र फिल्कर्मीले रुचाएका छन् । निर्देशक घिमिरेले यसअघिको फिल्म नोटबुक भन्दा अहिलेको फिल्म व्यावसायिक रुपमा राम्रो बनाएको दाबी गरे । फिल्मको सांगीतिक पक्षलाई पनि दर्शकले मनपराएका थिए । फिल्मले मायाको भुलभुलैयाले जीवनमा पार्ने असरलाई देखाएको छ ।

SUBSCRIBE 👉