सुवास र शिल्पाको रोमान्टिक फागु सकियो


काठमाडौं । लोकप्रिय अभिनेत्री करिश्मा मानन्धरको ड्रिम प्रोजेक्टका रुपमा निर्माण गरेको फिल्म ‘फागु’को सम्पूर्ण छायांकन सकिएको छ । फिल्मकी निर्देशक सम्झना उप्रेती रौनियारका अनुसार ३२ दिनमा फिल्मको सुटिङ सकिएको हो ।
Shilpa Pokharel‘हामीले अन्तिम दृश्य कोशी व्यारेकमा खिच्यौं,’निर्देशक रौनियारले भनिन्,‘यसबाहेक वीरगञ्ज, जनकपुर, इलाम र काठमाडौंमा पनि सुटिङ ग¥यौं ।’ उनका अनुसार अब एक दुई दिनभित्रै फिल्मको पोष्टप्रोडक्सनको काम शुरु हुनेछ ।

जीवनका विविध रंगीन पलहरुलाई प्रतिकात्मक बनाएको फिल्मको शिर्ष भूमिकामा शिल्पा पोखरेल र सुवास पराजुलीले अभिनय गरेका छन् । यी दुई कलाकारबाहेक बसन्त भट्ट, गौरी मल्ल, टीका पहाडीलगायतको पनि अभिनय रहेको छ ।
SHilpa Subashफिल्ममा हिमाल केसीको एक्सन, कमल राईको कोरियोग्राफी र रामशरण उप्रेतीको सिनेमाटोग्राफी रहेको छ । फिल्मलाई वनिष शाहले सम्पादन गर्नेछन् ।

SUBSCRIBE 👉