लभ गरेपछि सब गर्लान प्रदीपले ?


Trailer Adhakattiकाठमाडौं । लभ गरेपछि अन्ततः विवाह नै हुन्छ, या प्रेम टुट्छ । तर जेठ ८ गते नवनायक प्रदीप बास्तोलाले के गर्ने हुन् त्यो चाहिँ अहिले नै अन्यौल भएको छ । यो दिन रिलिज हुने फिल्म ‘अधकट्टी’को सार्वजनिक ट्रेलरमा प्रदीप भन्दैछन्, ‘पहिला लभ गर्ने अनि सब गर्ने ।’

सञ्चारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको फिल्मले बेरोजगार युवाको कथालाई प्रस्तुत गरेको छ । प्रदीपले लभ पछि सबै कुरा गर्छन् या गर्दैनन् भन्ने थाहा पाउन चाहिँ दर्शकले जेठ ८ गते नै कुर्नुपर्नेछ । रिलिजकै दिन फिल्मका निर्माता प्रदीप उदयको जन्मदिन परेको छ ।

फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर विष्ट र प्रदीप बास्तोलाको अभिनय रहेको छ । फिल्ममा नायिका नम्रता श्रेष्ठ र नायक गजित विष्टलाई विशेष भूमिकामा देख्न सकिनेछ ।

सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी तथा जया शर्माको पटकथा र संवाद रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर विष्टको नृत्य छ । फिल्मको अफिसियल अनलाइन मिडिया पार्टनरका रुपमा ग्ल्यामर नेपाल रहेको छ ।

फिल्मका गीतहरु ‘फिगर कोकाकोला’ र ‘ओए’ ले बजारमा राम्रो चर्चा पाईरहेको छ ।

SUBSCRIBE 👉