बीएफएफको गीत सार्वजनिक


BFF Movieकाठमाडौं । इष्टर इन्टरटेनमेन्टको ब्यानरमा सन्दिप घिमिरे र सुरक्षा थापाले निर्माण गरेको फिल्म ‘बिएफएफ, बेष्ट फ्रेण्ड फरेबर’को एक गीत र फिल्मका तस्वीरहरुलाई युट्युब मार्फत सार्वजनिक गरेको छ ।

हाल सम्पादनमा रहेको फिल्ममा युवा पुस्ताको कथा र समाजको परिवेशलाई दर्शाउन खोजिएको छ । ‘कसरी कसरी’ बोलको गीतमा आकाश थापाको स्वर र कमल खत्रीको शब्द तथा संगीत रहेको छ ।

युवा निर्देशक उत्सव थपलियाले निर्देशन गरेको फिल्ममा सौरव चौधरी, सन्दिप घिमिरे, मनिष न्यौपाने, प्राहिक न्यौपाने, स्यालिन मानन्धर, नुरी कर्माचार्य, पिंकी शेर्पा, साधना भण्डारी, इन्जमाम अली खान, श्यामकृष्ण र स्वप्निल थापाको अभिनय छ । फिल्ममा अष्ट महर्जनको द्वन्द्व, हरपल गुरुङको कोरियोग्राफी र निर्मल श्रेष्ठको सिनेमाटोग्राफी रहेको छ ।

फिल्ममा कमल खत्री, अर्जुन पोखरेल, आकाश थापा र डी सेन्टीज ब्याण्डको संगीत रहेको छ । लोचन आचार्यले लेखेको फिल्म जेठ २९ मा रिलिज हुँदैछ ।

SUBSCRIBE 👉