पुतलीमा बलात्कार पीडित युवतीको कथा


Putali Movieश्रीराम अर्जुन, हेटौडा
फिल्म ‘पुतली’को हेटौडाको पशुपति मन्दिरमा नरिवल फुटाएर क्यामेरा पुजा गरी मुहुर्त गरिएको छ । हेटौडा नाचघर र फारअवे इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्मलाई फराज अर्पणले निर्देशन गर्दैछन् ।

मकवानपुर, काठमाडौं र बैककमा छांयाकन हुने फिल्मले एसएलसी दिदै गरेकी बालिकाको विषयवस्तु र उनी माथि पटक –पटक भएका बलात्कारलाई कथाबस्तु बनाएको छ । सुभाष गहतराजको प्रस्तुति रहने फिल्ममा रोभी घिमिरे, प्रवेश गिरी, सुपी थापा, लक्की आचार्य, कुमार श्रेष्ठ, सुरेन्द्र वि.सी लगायतको अभिनय रहने छ ।

फिल्ममा कमल खत्री र फराज अर्पणको संगीत, अमिर बज्राचार्यको द्वन्द्व, फराज अर्पणको सम्पादन, किरण माइकलको लेखन र गिरीबाबुको छायांकन रहेको छ । असी भन्दा बढी म्युजिक भिडियो, ६ वटा लघु फिल्म निर्देशन गरिसकेका फराजको यो डेब्यु फिल्म हो भने सुभाषले यस अघि ‘पर्खाइ’ नामक टेलिफिल्म निर्माणसँगै विज्ञापन तथा म्युजिक भिडियोको काम गरिसकेका छन् ।

SUBSCRIBE 👉