करिश्माले खोलिन् तौल घटाउने रहस्य


Karishmaकाठमाडौं । सुन्दर अभिनेत्री करिश्मा मानन्धरले आफ्नो शरिर सधैं आकर्षक देखिन रहस्य खोलेकी छिन् । शुक्रबार महाराजगञ्जमा आरोग्य हेल्दी होमको उद्घाटन गर्दै करिश्माले तौल घटाउने सरल तरिकाका बारेमा जानकारी गराएकी हुन् । विगत तीन वर्षदेखि हेल्दी होमको ब्रँण्ड एम्बेसडरको रुपमा आवद्ध करिश्माले मोटो शरिर भएका महिलाहरुका लागि हेल्दी होमको सेवा वरदान सावित हुने दाबी गरिन् ।

ब्रँण्ड एम्बेसडरको रुपमा करिश्माले आरोग्य हेल्दी होममा शरीरको आवश्यकता भन्दा बढि बोसोलाई अल्ट्रासोनिकका साथै अन्य प्रविधिद्वारा मजास गरी शरीरको बोसोलाई माइक्रो सिस्टमबाट पगालेर सजिलै शरिरको तौल घटाउन सकिने बताइन् । उनका अनुसार हेल्दि होममा शरिरको हिप, थाई, पि“डुला, पेट, हात, पाखुरा, ब्रेस तथा अनुहारको सेप समेत मिलाउन सकिन्छ ।

हेल्दी होमको पा“चौं शाखाको रिबन काट्दै करिश्माले पेटको धर्सा मेटाउन तथा चाउरीपना हटाउन समेत हेल्दी होमको सेवा उपयुक्त रहेको बताइन् । समारोहमा आरोग्य हेल्दी होमकी निर्देश्ँक तथा सिनियर फिजियोथेरापिष्ट डा.सुष्मिता ढकालले हेल्दि होमका सेवाका बारेमा जानकारी गराएकी थिइन् । आरोग्य हेल्दी होमका अध्यक्ष सुदिपकुमार रिमालको सभापतित्वमा सम्पन्न समारोहमा हेल्दि होमका सिईओ कृष्ण भण्डारीले वानेश्वर, बागबजार, नारायणघाट तथा बुटबलपछि हेल्दी होमको पा“चौं शाखा महाराजगञ्जमा सञ्चालन गर्न पाउ“दा खुशी व्यक्त गरेका थिए ।

SUBSCRIBE 👉