‘धुन’को ‘यो धुन’ सार्वजनिक


काठमाडौं । आउँदो बैशाख १८ बाट प्रदर्शनमा आउने फिल्म ‘धुन’ को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक डान्सिङ गीतमा फिल्मका कलाकारहरु जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, उमावेवीले फिचरिङ गरेका छन् ।
Dhoonइन्दिरा जोशीको स्वर रहेको ‘कृष्णको धुन’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत लक्की सिटौलाको छ । कविराज गहरतराजको कोरियोग्राफी रहेको गीत सुन्दा रोमान्टिक लाग्छ । ‘धुन’मा कृष्ण पौडेलको निर्देशन छ भने मालती शाहको प्रस्तुतीमा फिल्म तयार भएको हो ।

सांगितिक प्रेम कथा बोल्ने यो फिल्मको सांगीतिक पक्ष उत्कृष्ट मानिएको छ । फिल्ममा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट तथा मधुसुदन ढकालको लगानी छ ।

SUBSCRIBE 👉