‘झोला’ को नयाँ ट्रेलर सार्वजनिक


काठमाडौं । वैशाख ११ बाट पुनः रिलिजको तयारीमा रहेको फिल्म ‘झोला’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । बर्ष २०७० को हिट फिल्म ‘झोला’को युट्युवमा सार्वजनिक १ मिनेट १५ सेकेण्डको ट्रेलरमा फिल्ममा समावेश केहि दृश्य तथा छायाँकनको दौरानका केहि दृश्यहरु समावेश छन् ।
Garima Panta‘सार्क फिल्म फेस्टिभल(२०१४)’मा उत्कृष्ट नायिकाको अवार्ड पाएको यादवकुमार भट्टराई निर्देशित यो फिल्म दर्शकको अत्याधिक माग पछि पुनः रिलिज गर्न लागेको निर्माण टिमले जनाएको छ । साहित्यकार कृष्ण धाराबासीको ऐतिहासिक कृतिमा आधारित फिल्मले सय वर्ष पुरानो नेपाली समाजको सती प्रथाको कथा बोल्छ ।

फिल्ममा नायिका गरिमा पन्त सतीको भुमिकामा छिन भने दिपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी, देशभक्त खनाल लगायतको पनि अभिनय छ । उत्तमकुमार श्रेष्ठको प्रस्तुतीमा तयार फिल्ममा मालती शाह, राज तिमल्सिना, रामगोपाल थापा र सुशिल शाहको लगानी छ ।

SUBSCRIBE 👉