काठमाडौं । म्युजिक भिडियो तथा फिल्म निर्देशक प्रशन्न पौडेलले हालै मात्र निर्माण गरेको सत्य घटनामा आधारित सर्ट फिल्म होक्सेले हलिउडको एक फिल्म फेस्टिबलमा छनौंट भएको छ । करिब ७ मिनेट लामो यो फिल्म अमेरिकाको सिकागोमा हुने ‘सिकागो फिल्म फेस्टिवल’मा छनौंट भएको हो । यसका साथै अमेरिकाकै लस एञ्जलसमा हुने प्रतिस्पर्धात्मक फिल्म फेस्टिवल ‘४८ फिल्म फेस्टिवल’ मा पनि छानिएको छ । फेस्टिबल आगामी अप्रिल २३ देखि ३० तारिखसम्म चल्नेछ
निर्देशक पौडेलका अनुसार अमेरिकाकै फिल्महरु स्पर्धामा रहने फेस्टिवलमा यो फिल्मले एसियाली मुलुकको प्रतिनिधित्व गर्नेछ । ‘होक्से काभ्रेपलाञ्चोकको नजिकैको गाउँको कथाा हो, जहाँका बासिन्दा ठगी र बाध्यताका कारण आप्mनो मृगौला बेच्छन् । बाँच्नका लागि पढ्न, बिहेबारी गर्न वा घरमा छानो हाल्नका लागि मृगौला बेच्नको कथा हो होक्से ।’ निर्देशक पौडेलले भने ।
‘होक्से’मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, प्रेम बानियाँ, मधु न्यौरेले प्रमुख भूमिकामा अभिनय गरेका छन् भने नायिका केकी अधिकारीका भाई बिम्ब अधिकारीले यसको कथा तयार पारेका हुन् । फिल्ममा परिकल्पना र निर्देशन प्रशन्न पौडेलको रहेको छ भन् छायांकन संगीत रोेशन लामा, शव्द र निर्माण क्रिश रिजाल, स्वर शिव परियार, विदुर पाण्डे, सम्पादन प्रकाश तुलाधरको रहेको छ।
फेस्टिवलमा बाजी मार्ने फिल्मलाई ४८ हजार डलर पुरस्कार दिइने र एउटा फिल्म बनाउन दिने प्रावधान रहेको छ ।