धुनको पखाईमा जीवन नीता


Jiwan Luitelकाठमाडौं । फिल्म ‘नोटबुक’बाट रोमान्टिक जोडीका रुपमा उदाएका कलाकार हुन् अभिनेता जीवन लुँइटेल र अभिनेत्री नीता ढुंगाना । यो फिल्मको ‘गाला रातै’ गीतबाट अझ चर्चित बनेका उनीहरु अब पुनः दर्शकमाझ यस्तै छाप छोड्न वैशाख १८ गते ‘धुन’ फिल्म लिएर आउँदैछन् ।

सांगीतिक प्रेमकथाको फिल्ममा उनीहरुको बेजोड प्रेमकथा दर्शकले हेर्न पाउनेछन् । हाल अमेरिकामा रहेका जीवन यसै फिल्मका लागि रिलिज छेको पारेर नेपाल फर्कदैछन् । ‘धुन’मा जीवन र नीतासँगै मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी लगायतका कलाकारहरुको अभिनय छ । मालती शाहको प्रस्तुतीमा सुशिल शाह, बिनोद भट्ट, मधुसुदन भट्टराई र श्रेया दुलालको संयुक्त लगानी रहेको ‘धुन’लाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् ।

दर्जनौं फिल्ममा सहायक निर्देशक बनेसँगैको अनुभवलाई पहिलो पटक मुख्य निर्देशनमा खर्चेका कृष्ण फिल्म पुर्ण मनोरञ्जनको खुराक बनेको बताउँछन् । फिल्म ‘लंका’ मा लगानी गरेर सुरुवातमा नै सफलता चाखेकी निर्मात्री मालती शाह र सुशिल शाहले लगानी गरेको पछिल्लो फिल्म ’झोला’ सर्वा्धिक सफल चलचित्रको सुचीमा परिरहँदा यो चलचित्रले पनि ‘लक’ लगाउने आशामा उनीहरु छन् । फिल्मलाई बिरेन्द्र भट्टले खिचेका हुन् ।

SUBSCRIBE 👉