सेनाको प्रतियोगितामा सपना उत्कृष्ट


Nepal Armyकाठमाडौं । नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगितामा ‘सपना’ नामक चलचित्र सर्वाेत्कृष्ट भएको छ । जीवन अधिकारीले निर्माण गरेको चलचित्र नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा उत्कृष्ठ बनेको हो । फिल्मले १ लाख ५० हजार नगद र प्रशंसा पत्र पाएको छ ।

प्रतियोगितामा ‘ए फर आर्मी’ र ‘माटोको माया’ दोस्रो र तेस्रो बन्दै क्रमश ः १ लाख र ५० रुपैंयाँ तथा प्रशंसा पत्र प्राप्त ग¥यो । प्रतियोगितामा १६ चलचित्रले भाग लिएका थिए ।

समारोहमा प्रधानसेनापति गौरवशम्शेर राणाले प्रतियोगिताका उत्कृष्ट चलचित्र तथा नेपाली सेनाद्वारा प्रकाशित ‘सिपाही वार्षिक २०७१ अङ्क ४८’ र ‘शिवपुरी जर्नल–२०१४ अङ्क १६’ का उत्कृष्ट लेखकलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

‘सिपाही वार्षिक २०७१’ तथा ‘शिवपुरी जर्नल–२०१४’ मा प्रकाशित लेखमध्ये सहायक रथी इश्वर हमालको उत्कृष्ठ ठहरिएको छ ।

SUBSCRIBE 👉