जेठ अन्तिममा राजबल्लभको हाइवे टु धम्पुस


Raj Ballavकाठमाडौं । नेपाली अभिनेता राजबल्लभ कोइरालाले अभिनय गरेको हलिउड फिल्म ‘हाईवे टु धम्पुस’ जेठ अन्तिम साता अर्थात जेठ २९ गते अल नेपाल रिलिज हुने भएको छ । राजधानीसहित पोखरा, हेटौडालगायतका शहरमा पनि रिलिज हुन लागेको फिल्मको प्रमोसनका लागि राजबल्लभ चाँडै नै नेपाल आउँदैछन् ।

रिक म्याक फारल्याण्डको निर्देशन रहेको फिल्ममा रिचेल हर्डवुड, गार्नर राइट, सुएसा राणा, देशभक्त खनाल, सोफी म्याकसेरा, सुयुस गुरुङलगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्मको छायांकन धम्पुस, पोखरा, काठमाडौ, अमेरिकालगायतका ठाउँमा गरिएको छ ।

फिल्मले न्युर्योकमा भएको ‘सोहो इन्टरनेशन फिल्म फेष्टिवल’मा सहभागिता जनाईसकेको छ भने जुलाईमा हुने ‘म्याड्रिड इन्टरनेशनल फिल्म फेष्टिवल’मा पनि देखाइँदैछ ।

SUBSCRIBE 👉