भूकम्प पीडित फिल्मकर्मीलाई राहत


नेपाल चलचित्र कलाकार संघ र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले महाभूकम्प पीडित फिल्मकर्मीहरुलाई राहत खाद्यान्न सामग्री वितरण गरेको छ। दुई संस्थाले राजधानीमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै पीडित फिल्मकर्मीहरुलाई राहत सामग्री वितरण गरेको हो।

Earthquake-Vicrims-Nepali-Film-Workers-Image-2संघका अध्यक्ष नवल खड्काका अनुसार दुई संस्थाको शनिवार बसेको संयुक्त बैठकले राहत वितरण गर्ने निर्णय गरेको थियो। ‘हामी गाउँमा अन्य पीडितलाई राहत वितरण गर्न गए पनि आफ्नो क्षेत्रका पीडितलाई राहत वितरण गरेका थिएनौं,’अध्यक्ष खड्काले भने,’त्यसकारण हामीले मिटिङ गरेर आफ्नो क्षेत्रका पीडितहरुलाई पनि राहत सहयोगको खााचो भएकाले उहााहरुलाई राहत दिएका हौं।’ कार्यक्रममा फिल्म क्षेत्र सम्बन्धित प्राविधिक, कलाकार र पत्रकारलाई चामलको बोरा, चाउचाउ र पानी वितरण गरिएको थियो।

समाजका तर्फबाट अर्जुन काफ्लेले आफुहरु हतारमा नेपाल आएको कारण यतैबाट पीडितलाई सहयोग अभियान शुरु गरिएको बताए। ‘हामी अझै पनि सहयोगलाई निरन्तरता दिईरहेका छौं’ काफ्लेले भने । सन् २०१२ मा स्थापना भएको समाजको ४० देशमा शाखा रहेको छ। समाजले हालै ललितपुरको लेलेमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

संघले जारी गरेको विज्ञप्तिमा संघले भक्तपुरको अनन्तलिंगेश्वर १० मा एक ट्रक सामान, रसुवाको गत्लाङमा एक ट्रक सामान, धादिङको धर्पु, नुवाकोटको बुढाथुममा दुई ट्रक सामान, सिन्धुपाल्चोकको हेलम्बु र तार्केघ्याममा दुई ट्रक सामान तथा इचंगुनारायण क्षेत्रमा खाद्यान्न सहितको सामान वितरण गरिसकेको छ।

यस्तै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले ललितपुरको लेलेमा घर निर्माणका लागि रोटरी इन्टरनेशनल क्लबलाई सामाग्री प्रदान गरेको छ भने विभिन्न ठाउाका बालबालिकाहरुलाई कपडा पनि वितरण गरेको छ। समाजले भूकम्पबाट निसहाय र असक्ष मबनेका बालबालिकाहरुलाई प्राथमिकतामा आधारमा विद्यालयस्तारको शिक्षा निशुल्क प्रदान गराउने योजनामा समेत रहेेको जनाएको छ।

कार्यक्रममा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले फिल्म क्षेत्रमा सबैभन्दा बढी प्राविधिकहरु प्रभावित भएको हुनाले आफ्नो सदस्यहरुलाई पहिलेा प्राथमिकतामा राखेर राहत दिन आग्रह गरेका थिए।

SUBSCRIBE 👉