मोसन पोष्टरसहित प्रमोशनमा उत्रियो ‘रातो घर’


Mala Limbu Actressप्रमोशनमा नयाँपन शैली अपनाउनु निर्देशक सुरज सुब्बा ‘नाल्बो’को ब्राण्ड भइसकेको छ। पहिलो फिल्म ‘बाटोमूनिको फुल’ मै उनी प्रमोशनको परम्परागत सोच र शैलीभन्दा पृथक देखिएका थिए। यो क्रम अझ परिस्कृत हुँदैछ। उनको नयाँ फिल्म ‘रातो घर’को प्रचारप्रसार पनि विगतको तुलनामा अझ भिन्न हुने छनक मिलेको छ। दश वटा मोसन पोस्टर र लिरिकल अडियो गीत सार्वजनिक भएसँगै फिल्मको चर्चा सुरु भएको छ। युट्युबमार्फत सार्वजनिक गरिएका यी प्रचारात्मक सामग्री फरक मात्र होइन्, क्याच्ची पनि लाग्छन्। आफ्नै लगानी रहेकोले पनि हुनुपर्छ, सुरज यो फिल्मप्रति थप संवेदनशिल देखिएका छन्।

तस्विरमा हेर्नुहोस् – चलचित्र “रातो घर” का कलाकारहरु

सार्वजनिक गरिएको ‘वैशमा कसैंको डर हुँदैन’ बोलको गीतका रचनाकार डम्बर नेपाली हुन् भने संगीतकार महेश खड्का। गीतमा शशी रावलको मादक आवाज सुन्न सकिन्छ। कविराज गहतराजले कोरियोग्राफ गरेको उक्त गीतमा माला लिम्बुले कम्मर मर्काएकी छन्। माला यसअघि सुरजकै फिल्म ‘वान वे’मा देखिएकी थिइन्। माङ हिम फिल्मस् र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण गरिएको ‘रातो घर’का प्रस्तुतकर्ता निकेश लिम्बु हुन्। कथा मेन्छा रुम्दालिको हो भने पटकथा स्वयमः निर्देशक सुरजको। फिल्ममा विलसन विक्रम राई, संयम पुरी, गौरब पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठलगाएतका कलाकारको अभिनय रहेको छ।

हेर्नुहोस् मोशन पोस्टर


नेपालमा रिलिज मिति तय नगरिएको ‘रातो घर’ आउँदो २५ जुलाईमा बेलायत अल्डरसुटस्थित प्रिन्स हलमा रेड कार्पेट प्रिमियर गरिने निर्माण पक्षले जानकारी गराएको छ। यसका साथै फिल्मले लागु पदार्थविरुद्ध छोटा फिल्मको प्रतियोगिता पनि गर्दैछ। चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय संयोजक रहने उक्त प्रतियोगितामा पहिलो हुनेले १ लाख रुपियाँ नगद पाउने बताइएको छ।

SUBSCRIBE 👉