भुवन र अनमोल बाबुछोराको ड्रिम्स

फिल्म “होस्टेल” र “जेरी”बाट नेपाली फिल्मका हिरोको परिचय बनाएका अनमोललाई अभिनय गराउनु भुवनका लागि खुसीको कुरा मात्र होइन, चुनौती पनि हुनेछ।


Bhuwan KC Anmol KC
भुवन केसीको निर्देशन र उनका छोरा अनमोलको अभिनय रहने फिल्मले चर्चा कमाउनु स्वाभाविक भइहाल्यो। सदाबहार अभिनेताको पगरी गुथेका भुवन फिल्म “ड्रिम्स”बाट निर्देशकका रूपमा देखिदै छन्। फिल्म “होस्टेल” र “जेरी”बाट नेपाली फिल्मका हिरोको परिचय बनाएका अनमोललाई अभिनय गराउनु उनका लागि खुसीको कुरा मात्र होइन, चुनौती पनि हुनेछ। किनभने, फिल्म असफल भयो भने त्यसको धक्का छोराको करिअरमा पनि पर्नेछ। त्यसैले त भुवन दिलोज्यान दिएर फिल्म उत्कृष्ट बनाउने ध्याउन्नमा छन्। पैसा र प्रशंसा दुवै कमाउने बाबु–छोराको उद्देश्य ड्रिम्सले पूरा गर्ला त ? भूकम्पका कारण केही समय सुटिङ रोकिएको यस फिल्मको पोखरामा धमाधम सुटिङ भइरहेको छ।

[tps_title] अनमोल केसी का केहि तस्विरहरु हेर्न NEXT PREV. वटन क्लिक गर्नुहोस् [/tps_title]

SUBSCRIBE 👉