साप्ताहिक ब्लो अपमा केकी अधिकारीको आकर्षक तस्विरहरु

वैशाख १२ को महाभूकम्प लगत्तै उद्दार तथा पुनर्निमाणमा खटिएकी नायिका केकी अधिकारी राहत र अस्थायी घर निर्माणपछि फिल्मतिर…


actress keki adhikari hot photo

Actress Keki Adhikari | Images: Mahesh Pradhan

वैशाख १२ को महाभूकम्प लगत्तै केही युवा कलाकारको समूहमा आबद्ध भएर राहत उद्दार तथा पुनर्निमाणमा खटिएकी नायिका केकी अधिकारीको आकर्षक तस्विरहरु कान्तिपुर साप्तहिकमा प्रकाशित छ। ‘वी फर अल’ कि सक्रिय सदस्य केकी आफ्ना दौंतरी कलाकारहरुसँग काँधमा काँध मिलाएर काभ्रे, नुवाकोट, धादिङ तथा दोलखासम्म पुगेर राहत वितरणदेखि अस्थायी घर निर्माण गर्ने काममा सक्रिय रुपमा लागेकी केकी पछिल्लो सयम गोरखामा केही हेल्थपोस्ट भवन बनाउने अभियानमा व्यस्त रहेको बताइन्छ।

केकी अधिकारीको आकर्षक तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

भूकम्पका कारण लाखौं नपाली घरबार बिहीन हुनुपरेकोमा दुखी केकी यत्रो विपत्तिमा पनि धीरता नगुमाउने नेपालीप्रति भने नतमस्तक छिन् । ‘हामी कसैले पनि हिम्मत हारेका छैनौं,’ केकी भन्छिन्, ‘हामी पुन: उठ्ने छौं ।’

भूकम्पको एक महिनापछि केही सामान्य जीवनसँगै व्यवसायीक काममा समेत फर्किइसकेकी छन् । भूकम्पअघि उनी ‘भाग सानी भाग’ नामक फिल्मको सुटिङमा व्यस्त थिइन् । यो फिल्ममा उनी शीर्ष भूमिकामा छिन् । यसमा उनले पहिलोपल्ट सवीन श्रेष्ठसँग अनस्क्रिन रोमान्स गर्दैछिन् । ‘यो फिल्मको सबै सुटिङ सकिएको थिएन, भूकम्पपछि सुटिङ गरेर पूरा गरिसकियो,’ उनले भनिन्।
शब्द : कृष्ण भट्टराई / तस्बिरहरु : महेश प्रधान / कान्तिपुर साप्ताहिक

केकी अधिकारीको आकर्षक तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉