भूकम्प पीडित राहतका लागि युएईमा साँस्कृतिक कार्यक्रम


युएईमा रहेका नेपाली संघसंस्थाको संयुक्त प्रयासमा भूकम्प पीडितका लागि राहत जुटाउन एक साँस्कृतिक कार्यक्रम आयोजन भएको छ। आयोजित कार्यक्रममा कलाकारहरुले भुकम्प पिडितका लागि विना शुल्क आफ्नो प्रस्तुति दिएका थिए।

Dipak-Raj-giri-Deepa-Shress-Niraula-in-UAEआबुधाबीको अलनादा स्कुलले निशुल्क उपलब्ध गराएको हलमा शुक्रबार भएको कार्यक्रममा महानायक राजेश हमाल, हाँस्यक कलाकार दिपकराज गिरी, दीपा श्री निरौला, गायक तिलक बममल्ल, इन्द्र जिसी, गायिका सम्झना लामिछाने, प्रजिता गेलाल तथा गायीका आस्था राउतले आफ्नो प्रस्तुति दिएका थिय। कार्यक्रममा डिआइडी लिटल मास्टरकी विजेता तेरिया फौजा मगरले नृत्यकला प्रस्तुत गरेकी थिइन्।

Rajesh-Hamal-Astha-Raut-Performing-in-UAEतीन हजार बढी दर्शक उपस्थित रहेको कार्यक्रमको टिकट बाट उठेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गायक प्रकाश पौडेल (रुन्चे गायक) ले जानकारी दिए। कलाकारहरु आउन जाने हवाई टिकट र भिसा शुल्क आबुधावीमा रहेको नेपालीको ट्राभल्स ग्रीन लाइन र अलएनमा रहेको अन्नपूर्णले सहयोग गरेको थियो। युएईको लुलु ग्रुपले पनि कार्यक्रमका लागि सहयोग गरेको थियो। सबैको सहयोगमा भूकम्प पीडित राहत को लागि गरिएको कार्यक्रम सफलता पुर्बक सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै कार्यक्रम संयोजक एनआरएन युएईका अध्यक्ष कृष्ण भुसालले सबैलाई धन्यवाद ब्यक्त गरे।

SUBSCRIBE 👉