भूकम्पपिडितहरुलाई मनोरञ्जन थेरापी । कलाकारहरुको गाडीको ब्रेक फेल हुँदा भागदौड


गत बैशाख १२ गतेको महाभूकम्प तथा त्यसपछिका निरन्तर पराकम्पबाट क्रसित एवं भयभित धादिङका भूकम्पपिडीतको त्रासलाई कम गर्न लाकारहरुले उनीहरुमाझ पुगेर मनोरञ्जनात्मक सांस्कृतिक थेरापी प्रस्तुत गरेका छन्। गीत संगीत तथा अभिनयका विभिन्न विधाका कलाकारहरुले शनिबार धादिङको जीवनपुर पुगेर भूकम्पपिडितहरुमाझ मनोरञ्जनपूर्ण कार्यक्रम प्रस्तुत गरेर भूकम्पका कारण उनीहरुमा विद्यमान मानसिक त्रास हटाउने कोशिष गरे। चलचित्रका नायक नायिकादेखि सानो पर्दाका हास्य कलाकारहरुका साथमा गायक गायिकाको जम्बो टोलीले जीवनपुर पुगेर भूकम्पपिडितको मुहारमा मुस्कान छरेका थिए।

Sushanta-karki-sarika-ghimireजीवनपुर ८ मै जन्मी हुर्किएका कलाकार विनोद केसी र कलाकार तथा चलचित्र निर्माता मधुकुमार श्रेष्ठको संयोजनमा स्थानिय श्री महेशधर्म उमावि र श्री महादेवस्थान माविद्धारा बद्रीटार चौरमा आयोजित कार्यक्रममा कलाकारहले गीत संगीत, नृत्य र हास्य प्रस्तुति पस्केका थिए। हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीद्धारा क्यारिकेचर र जादु प्रदर्शनका साथ सञ्चालित कार्यक्रममा नायिका तथा मोडल बिनु खड्काले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने नायक शुशान्त कार्कीले नायिका सारिका घिमिरेका साथ विभिन्न लोक, आधुनिक तथा फिल्मी गीतमा आफ्नो खुला शरीर र टाउकोमा ट्युबलाईट फुटालेर र छातीमा मैनबत्तीको मैन चुहाउादै जोखिमपूर्ण साहसी नृत्य प्रस्तुत गरेका थिए।

त्यसैगरी आयोजक स्कुल महादेवस्थान माविका विद्यार्थीले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए। गायक खगेन्द्र श्रेष्ठ, मोडल, गायक, कलाकार तथा म्युजिक भिडियो निर्देशक दुर्गेश थापा र गायिका सिर्जना खत्रीले गीत गाएका थिए।

विभिन्न हास्य प्रस्तुतिका साथ दुई गीत गाएर दर्शकको मन जितेका हास्य कलाकार किरण केसीले जादुसमेत देखाएका थिए भने शिवहरि पौडेलले गीत संगीत क्षेत्रको विकृतिविरुद्ध तिखो व्यग्य गर्दै विभिन्न हस्यौली प्रस्तुत गरेका थिए। कलाकार मनोज आचार्य र विनोद केसीले पनि गीत संगीतलाई नै हास्य व्यग्यको विषय बनाएका थिए भने केदार घिमिरे र सुरेन्द्र केसीले विविध विषयमा हस्यौली प्रस्तुत गरेका थिए। सबै कलाकारको प्रस्तुतिमा भूकम्पले आत्तिएको मनलाई शान्त पार्ने कोशिष थियो भने उनीहरुले भूकम्पबाट नआत्तिन तर सजग हुन प्रेरित गरेका थिए।

कलाकार विनोद केसीले शिवहरी पौडेल र किरण केसीलाई गुरु थाप्दै गुरु दक्षिणास्वरुप चाादीको मूर्ति प्रदान गरेको कार्यक्रममा नायिका शुभेच्छा थापा, रक्षा श्रेष्ठ, निर्माता केदार पराजुली, निर्देशक गोविन्द गौतम र राजु गिरी, सगीतकार विकास चौधरीलगायत पनि प्रस्तुत भएका थिए।

कार्यक्रम संयोजक विनोद केसी र मधुकुमार श्रेष्ठले अघिल्लोपटक राहत पुगेर जन्मस्थल पुग्दा सबैको अनुहारमा भूकम्पको त्रास देखिएकाले मनोरञ्जन थेरापी गरी त्रास हटाउने प्रयासमा कार्यक्रम गरिएको बताए। त्यसै गरी आयोजक स्कुलमध्येको महादेवस्थान माविका प्रधान अध्यापक राजकुमार कुावरले कार्यक्रले त्रसित मनमा शान्तिको उर्जा थपेको चर्चा गरे। कार्यक्रममा वरिष्ठ इन्जिनियर उद्धव चौलागाईंले सबैले बुझ्ने भाषामा भूकम्प जानुको कारण, यसप्रतिको सावधानी, भूकम्पपछि अपनाउनुपर्ने कुराहरुका विषयमा जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न स्थानबाट करिब २ हजार दर्शक जम्मा भएका थिए।

गाडीको ब्रेक फेल हुँदा भागदौड
कार्यक्रम सम्पन्न गरी काठमाडौं र्फकने क्रममा कलाकारहरु सवार गाडीमध्ये हास्य कलाकारहरु सवार एउटा बस जीवनपुरबाट टायलघरनिरको उकालोमा ब्रेक फेल भएपछि गाडी व्याक हुन पुग्दा कलाकारहरुबिच भागदौड मचिएको थियो। गाडीको ब्रेक आयल लिक भएकाले ब्रेकले आंशिक काम गरेका कारण कलाकारहरु नागढुंगासम्म गियर र आंशिक ब्रेकका भरमा काठमाडौं र्फकेका थिए। नागढुंगा नपुगुञ्जेल ओत हालेर गाडी रोक्दै कलाकारहरु काठमाडौं आएका थिए।

फोटो ग्यालरी हेर्नुहोस्

SUBSCRIBE 👉