कलाकार र प्राविधिकलाई नगद र जस्तापाता

टेलिभिजन कलाकर्मी संघले भूकम्पबाट पीडित बनेका कलाकार तथा प्राविधिकहरुलाई आइतबार राजधानीमा राहत वितरण गरेको छ। राजधानीमा आइतबार आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष तथा वरिष्ठ कलाकार नीर शाहले नगद र जिन्सी राहत वितरण गरेका थिए। Support to earthquake victims Nepali Artist and Film Technicians | Glamour Nepal


टेलिभिजन कलाकर्मी संघले भूकम्पबाट पीडित बनेका कलाकार तथा प्राविधिकहरुलाई आइतबार राजधानीमा राहत वितरण गरेको छ। राजधानीमा आइतबार आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष तथा वरिष्ठ कलाकार नीर शाहले नगद र जिन्सी राहत वितरण गरेका थिए।
Support to Nepali Artist and Technician (3)कलाकार अनुरागमान सिंह कुवरले जनही १० हजार रुपैंयाा तथा हङकङस्थित एलजी एशोसिएसन हङकङले उपलब्ध गराएको १६ बण्डल जस्तापाता वितरण गरिएको थियो। राहत पाउनेमा कलाकार तर्फ कुमार श्रेष्ठ ‘फर्सीलाल’, रुपक रम्तेल, मरिचमान श्रेष्ठ ‘बल्छी’, राधा श्रेष्ठ, रेश्मा तिमिल्सिना, सन्देश लामिछाने ‘बट्टारे’, मनोज आचार्य, बाबुराम बोहोरा र अजु डंगोल छन्। त्यस्तै प्राविधिकतर्फ सम्पादकत्रय ठाकुर खतिवडा, रविन भट्ट र रविन्द्र खड्का, छाायाकार सचित खड्का र मेकअपतर्फ यादव सिपाडोल, राजन थापा, गणेश खड्का छन्।
Support to Nepali Artist and Technician (2)कलाकार तथा प्राविधिकलाई सहयोग जुटाउन हाास्य कलाकार जितु नेपालले हङकङको सहयोगको संयोजन गरेका थिए। कार्यक्रममा अभिनेता कुवरले आफु फिल्ममा खलपात्रको भूमिकामा अभिनय गर्ने भए पनि सामाजिक सेवामा समान व्यवहार गर्ने गरेको बताए। कलाकार घिमिरे र नेपालले आफ्ना पीडित सहकर्मीलाई सहयोग गर्न पाउादा खुशी लागेको बताए। वरिष्ठ अभिनेता शाहले कलाकारले थोरबहुत रकम सहयोगका लागि दिनु नै ठूलो काम भएको जनाए।
Support to Nepali Artist and Technician (1)कार्यक्रममा केदार घिमिरेमार्फत भुटनिज कम्युनिटी अफ सिन्सिन्याटी अमेरिकाबाट एक लाख एक हजार रुपैंयाा राजधानीको टुकुचामा रहेको रत्न चुडेश्वर माविलाई हस्तान्तरण गरिएको थियो।
तस्विरहरु : महेश्वोर मान सिङ / ग्ल्यामर नेपाल

SUBSCRIBE 👉