‘सेतोबाघ’को छायांकन सुरु


nir-shah-seto-baghग्ल्यामर नेपाल, काठमाडौ । घोषीत मिती भन्दा दुई दिन ढिलाइ गर्दै चलचित्र सेतो बाघको छायांकन सुरु भएको छ। चलचित्रको शुक्रबारबाट युनिटले छायाकन सुरु गरेको छ। एउटै कथामा धारवाहिक सिरियलका साथसाथै चलचित्र समेत बनाउने उद्देश्यले केही समय पहिले घोषणा गरिएको यो प्रोजेट निर बिक्रम शाहको निर्देशनमा बन्न लागेको हो। झन्डै एकदशक अगाडी देखिको सेतोबाघ निर्माण गर्ने चहाना राखेका शाहले अहिले आएर आफ्नो इच्छा पुरा गरेका छन्। बिगत तिन बर्ष अगाडी देखिको गहन अध्यायन र अनुसन्धान पछिमात्र शाहले यसलाई पर्दामा उर्तान लागेका हुन्।

डायमनशम्शेर राणाको चर्चित एतिहासिक कृति सेतोबाघ भित्र समेटिएका जंगबहादुर राणाको अन्तिम ३० दिनको कथालाई फिल्मका रुपमा र बाँकी पाटोलाई सिरियलमा उतार्ने निर्देशक शाहले बताए।

उच्च कोटीमा निर्माण गर्न कुनै कन्जुसाई नगर्ने वातावरण मिलाईको यस प्रोजेटको पहिलो दिनको छायांकन सिनमंगल स्थित एक गार्मेन्टमा कलानिर्देशक निर्जल श्रेष्ठले तयार गरेको कलात्मक सेटबाट सुरु भएको छ। कलाकारहरु प्राय नयाँ भएकोले अहिले उनिहरुको नाम बाहिर ल्याइएको छैन।

SUBSCRIBE 👉