मेन्चेष्टर युनाइटेड लण्डन समर क्याम्पमा हेयर स्टाईलिस्ट निल डेभिडका छोरा


१२ वर्ष पूरा गरी १३ वर्षमा उक्लिएको एउटा नेपाली बालकले युरोपको विश्व विख्यात फुटबल क्लब मेन्चेष्टर युनाइटेड लण्डन पुगेर फुटबल प्रशिक्षण लिने अवसर पाएका छन्। चर्चित हेयर स्टाइलिस्ट निल डेभिड कटुवाल पुत्र डेनियल डेभिड कटुवालले मेन्चेष्टर युनाइटेड लण्डन पुगेर फुटबल तालिम लिन लागेका हुन्। ८ दिनको छोटो तर कडा प्रशिक्षण (मेनचेष्टर समर क्याम्प) लिन उनी यही बुधबार लण्डन जादैछन्। क्याम्पमा प्रवेश पाएपछि डेनियलले आठ दिन सम्म क्याम्पमा बसेर कडा प्रशिक्षण लिनुपर्नेछ।
Nil David's Sonझापा घैलाडुब्बा-९ लक्ष्मीपुर (हाल कनकाई नगरपालिका ९) का डेनियलले गत वर्ष २०१४ मा थाइल्याण्ड पुगेर समेत फुटबलको कडा प्रशिक्षण लिएका थिए। डेनियलले थाइल्याण्डको बैंकक पुगी प्रिमियर एकेडेमीमा २ महिना लामो फुटबल प्रशिक्षण लिएर आफुलाई खारेका थिए। उनलाई स्कटल्याण्डका कोच केभिनले प्रशिक्षण दिएका थिए। उनी बैंककमै भएको क्रिसमस ट्रफी प्रतियोगितामा समेत सहभागी भएका थिए। प्रतियोगितामा डेनियलले उत्कृष्ट खेल प्रदर्शन गरेर केभिनको मन जितेका थिए। केभिनले उनको खेलको प्रशंषा गरेका थिए। डेनियल हाल भने फुटबलर राजु शाक्यबाट नेशनल फुटबल एकेडेमी बानेश्वरमा प्रशिक्षण लिईरहेका छन्।

कक्षा ३ सम्म झापाकै बिर्तामोडस्थित लिटील फ्लावर्स स्कुलमा अध्ययन गरेका डेनियलले त्यसपछि भारतको कालेबुङस्थित डाक्टर ग्राम होम्समा कक्षा-७ सम्म अध्ययन गरेका थिए। उनी हाल राजधानीमा बसेर ताहचलस्थित रुपिज इन्टरनेशनल स्कुलमा कक्षा आठमा अध्ययन गरिरहेका छन्।

‘फुटबल मेरो लाइफकै सबैभन्दा ठुलो सपना हो। म भविष्यमा फुटबलमै करियर बनाउन चाहन्छु। त्यसका लागि अहिलेदेखि नै अभ्यास गरिरहेको छु। जस्तोसुकै कडा परिश्रम गरेर भए पनि फुटबलमा इतिहास रचेर देशको नामलाई उचो राख्नेछु’ डेनियल भन्छन्।
Nil David's Sonतीक्ष्ण दिमागका डेनियल फुटबल संगै अध्ययनमा पनि अब्बल छन्। उनी विद्यालयमा हुने फुटबल खेलका मिड स्टाइकरको रुपमा स्थापित हुादै आएका छन्। सानैदेखि फुटबल खेलमा रुची राख्ने डेनियल गाउामा रहादा झुम्राको गोल बनाएर फुटबलमा रमाउथे। ‘मेरो बाबाले सानो पेशा मानिएको हेयर स्टाइलिस्टलाई रोजेर नेपालमा क्रान्ति ल्याउनु भयो। म पनि उत्कृष्ट फुटबल खेलाडी भएर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गर्नेछु’ उनको भनाई छ।

फुटबलप्रतिको छोराको क्रेजलाई देखेर उनका पिता निल डेभिडले कुनै कसर बााकी नराख्ने बताए। ‘म फुटबलको फ्यान होइन र फुटबलमा रुचि पनि छैन। हरेक बच्चामा भगवानले एउटा कुनै न कुनै प्रतिभा दिएको हुन्छ। जसलाई अभिभावकले बुझ्न सक्नुपर्छ। डेनियल फुटबलमा यति ट्यालेन्ट छ भन्ने मलाई थाहा पनि थिएन। उसको खेल हेरेर साथीहरुले प्रशंषा गरेपछि बल्ल मैले पनि डेनियलको खेल हेरे। साच्चै नै उसको खेल तारिफयोग्य देखेपछि फुटबल खेलेर उत्कृष्ट खेलाडी हुने सपना पूरा गर्न लागी परेको छु। मेरो तर्फबाट पूर्णतया सहयोग र प्रेरणा दिएको छु। अब यहाँहरुको हौसला र प्रेरणा पाए सााच्चै नै नेपालले उसलाई एउटा राम्रो फुटबलरको रुपमा पाउनेछ भन्नेमा म विश्वस्त छु।’ पिता निल डेभिडका अनुसार डेनियलले आगामी डिसेम्बर महिनामा इटालीको एक विश्व विख्यात फुटबल एकेडेमीबाट पनि फुटबल प्रशिक्षण लिनेछन्।

SUBSCRIBE 👉