केही समय अघि अमेरिका उडेका फिल्म निर्देशक श्याम भट्टराई अमेरिकामा नै नेपाली फिल्म निर्देशन गर्न हौशिएका छन्। फिल्म नेपाल विश्व सहयोग संंघ (Nepal association for global cooperation) को तत्वावधानमा, अमेरिकाका एनआरएनका कथा व्यथामा आधारित निर्माण हुन् लागेको नेपाली फिल्म उनले निर्देशन गर्न लागेका हुन्।
नाम नखुलाईएको फिल्मलाई अमेरिका मा नै बसोबास गरिरहेका युवा प्रिन्स युवराज कार्की र सुजित सिंहले लगानी गर्ने बताईएको छ। फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र अर्जुन पोखरेलको संगीत रहनेछ। ‘फिल्मले अमेरिकामा रहेका नेपालीको जीवनलाई दुरुस्त उतार्ने छ। नेपालीका लागि फिल्म अमेरिका हेर्ने ऐना हुनेछ,’ श्यामले भने ।
दशैंपछि सुटिङ गर्ने लक्ष्य राखिएको फिल्ममा अमेरिकाका विभिन्न प्रान्तमा छरिएर बसेका नेपाली कलाकारलाई अभिनय गराउने श्यामले बताए। उनले भने, ‘नेपालका धेरै स्थापित कलाकारहरु अमेरिकामा हुनुहुन्छ। भूमिका अनुसार उहाँहरुलाई फिल्ममा आबद्द गराउनेछौ। केही नयाँ कलाकार भने अडिसनबाट पनि छान्छौं।’
नेपाल टेलिभिजनबाट प्रसारण भएका टेलिसिरियल ‘गहना’, ‘जानकी’, ‘दुई थोपा आाशु’को सफल निर्देशन पश्चात हुादै ठूलो पर्दाको फिल्म निर्देशन थालेका श्यामले यसअघि ‘मर्यादा’, ‘मौसम’ र ‘लंका’ ‘च्यालेन्ज’ निर्देशन गरिसकेका छन्। पहिलो फिल्म ‘मर्यादा’बाट श्यामले नेफ्टा अवार्डमा उत्कृष्ट फिल्म अवार्ड जित्न सफल भएका थिए। श्यामले यसपछि भर्जिनियामा लामो समयदेखि रहेका कृष्ण खत्री, मनोज सिंह र यादव पौडेलको लगानीमा बन्ने फिल्म पनि निर्देशनको तयारी गरिहेको बताए।