मिलनले गरे नयाँ फिल्मको घोषणा । दयाहाङ, अर्पण र अनुप एकसाथ

एक्सन फिल्म ‘हसिँया’ बनाएर चर्चा बटुलेका निर्देशक मिलन चाम्सले नया“ फिल्म निर्माणको घोषणा गरेका छन्। मिलनको निर्देशनसँगै लगानी रहने फिल्मको नाम समेत जुराईइएको छ, ‘वीर विक्रम’| Milan Chams to direct New Nepali movie Bir Bikram, featuring Dayahang Rai, Anup Bikram Shahi, Arpan Thapa and introducing face Deeya Pun…


एक्सन फिल्म ‘हसिँया’ बनाएर चर्चा बटुलेका निर्देशक मिलन चाम्सले नया“ फिल्म निर्माणको घोषणा गरेका छन्। मिलनको निर्देशनसँगै लगानी रहने फिल्मको नाम समेत जुराईइएको छ, ‘वीर विक्रम’। फिल्ममा दयाहाङ राई, अर्पण थापा र अनुपविक्रम शाहीलाई मुख्य भूमिकामा देख्न पाइनेछ।
Milan Chams Nepali Movie Director
‘हसिँया’की एक्सन गर्ल हेमा श्रेष्ठलाई मिलनले यो फिल्ममा दोहोर्याएनन्। बरु नयाँ अनुहारलाई मौका दिएका छन्। उनी हुन्, दिया पुन। दियाले यही फिल्मबाट नेपाली रजतपटमा पाइला राख्दैछिन्।

एक्सन–कमेडी–ड्रामा जनराको ‘वीर विक्रम’को कथा यम थापाले लेखेका हुन्। मिलनका अनुसार फिल्मको सुटिङ भाद्र १ गते बाट सुरु हुनेछ। उपत्यका बाहिर ४५ दिनमा सुटिङ प्याकअप गर्ने योजना रहेको छ उनको। फिल्मलाई राम केसीले खिच्नेछन्। संगीत ताराप्रकाश लिम्बु र कोरियोग्राफी रेनशा वान्तवा राईको रहनेछ। चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा अनिला राई, पृथ्वीराज राई र शिवकुमार राईले पनि लगानी गर्दैछन्।

SUBSCRIBE 👉