साप्ताहिक ब्लो अपमा शालु गौतमको ग्ल्यामर तस्विर


Shal‘जीवनमा मैले जम्मा एक प्रतिशत काम गरेँ, अब ९९ प्रतिशत काम गर्न बाँकी छ।’ मोडल शालु गौतम यसै भनिन्। २५ वर्षीय शालुको परिचय मोडलमा मात्र सीमित छैन। नेल आर्टिस्ट तथा प्रशिक्षक, बेली डान्सर, गायिका अनि बिजनेस वुमेन अहिलेसम्म उनले बनाइसकेका परिचय हुन्। कलिलो उमेरमै जन्मथलो तनहुँबाट एकैपटक सिंगापुर, लन्डन र पोर्चुगल पुगेर जीवनलाई नजिकबाट चिनिसकेको बताउने शालु त्यताबाट फर्किएपछि आफूलाई नेपालको ग्ल्यामर क्षेत्रमा स्थापित गर्दैछिन्। बेली डान्ससँगै गीतहरू पनि गाउने गौतमले आउँदोे तीजका लागि एउटा गीत पनि रेकर्ड गराइसकिन्। डान्सर एवं गायिका भएकाले उनी प्रायः कार्यक्रमहरूमै व्यस्त रहन्छिन्।

कैलो पारिएको केश, छरितो र गोरो ज्यानका कारण शालुलाई पहिलो पटक देख्नेहरू विदेशी मान्छन्। कुनै बेला एकजनासँग गहिरो प्रेममा परेकी शालु अहिले भने प्रेमबाट कोसौं टाढा छिन्। ग्ल्यामरस तस्बिर खिचाउनु आफ्नो रहर भएको बताउने शालु सुहाउँदो रूपमा ‘कम्फरटेबल फिल’ गरेर मात्र त्यस्ता तस्बिर खिचाउन सकिने बताउँछिन्। पौडी खेल्न नआए पनि पौडी पोखरीमा समय बिताउन मनपराउने गौतमले पानीको नीलो रंगले आफूलाई आकषिर्त गर्ने बताइन्। यौनका बारेमा उनले भनिन्- ‘प्रेम भयो भने मात्र त्यसको हुटहुटी लाग्छ। मलाई अहिले त्यस्ता कुरामा सामेल हुने फुर्सद छैन।’

शब्द: सुव्रत आचार्य, तस्विर: महेश प्रधान / कान्तिपुर साप्ताहिक

SUBSCRIBE 👉