कार्यक्रम संचालन हुँदा हुँदै प्रहरी नियन्त्रणमा कलाकारहरु


Comedy Actors of Nepalयुनिसेफको सहयोगमा रेडियो नेपालबाट प्रशारण हुँदै आएको कार्यक्रम ‘भन्दै-सुन्दै’ रेकर्ड गर्न असार २१ गते धादिङबेसी पुगेका चर्चित हास्यकलाकारहरु केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल ‘मुन्द्रे’ तथा लोकगायिका कोमल ओलीलाई कार्यक्रम स्थलबाटै धादिङ प्रहरीले नियन्त्रणमा लियर छोडेको छ।

Komal Oli Popular singer of Nepalनीलकण्ठ उमाविको प्राङ्गणमा अनुमतिबिना जनचेतनामूलक रेडियो कार्यक्रम ‘भन्दै-सुन्दै’ आयोजना गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय लगेको थियो। कार्यक्रममा स्थानीय वासिन्दा तथा नीलकण्ठ उमावि र बालमन्दिरका विद्यार्थी तथा शिक्षकहरुको सहभागिता थियो। कार्यक्रममा मुन्द्रे र माग्नेको हास्यव्यङ्ग्य प्रस्तुती, चर्चित जादूगरहरुले जादू र कोमल वलीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन्।

Popular Comedy Actor of Nepalगायिका कोमल ओलीले गीत सक्न नपाउदै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। शिक्षकहरुले कार्यक्रम विद्यालयको व्यवस्थापन र अनुमतिमा भएको भन्दै रोक्न खोजेपनि ‘सिडियो साप’ले लियर आउनु भनेको छ भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर गएको थियो। धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने उनीहरुलाई नियन्त्रणमा लिएको नभइ छलफलका लागि मात्रै बोलाएको बताएको खबर साझा पोस्ट डट कम मा प्रकाशित छ।

SUBSCRIBE 👉