राहत कोषमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको तीन लाख


नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र कर्मचारीहरुले संकलन गरेको तीन लाख ४५ हजार ३ सय ७३ रुपैंया प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिएको छ। प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले मंगलबार प्रधानमन्त्री सुशिल कोइरालालाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
funds-for-earthquake-vicitms
रकम हस्तान्तरण कार्यक्रममा उपकुलपति शम्भूजीत बासकोटा, सदस्य सचिव गणेश रसिक, प्राज्ञ परिषद् सदस्यहरुमा माधव प्रधान, पवित्रा घर्ति र कर्मचारीहरु थिए। उपकुलपति बासकोटाले भूकम्पबाट प्रभावित एवं पीडितहरुलाई राहत वितरणका साथै नेपाल सरकारबाट सूचिकृत भूकम्प प्रभावित क्षेत्र र अन्य क्षेत्रका आम जनसमुदायलगायत बालबालिकाहरुमा फैलिएको डर त्रास तथा पीडितहरुको मस्तिष्कमा परेको मनोबैज्ञानिक असरलाई संगीत तथा नाट्य विधाका माध्यमबाट हटाउन प्रतिष्ठनले विविध कार्यक्रम गरेको जानकारी गराएका थिए।

‘मनोवैज्ञानिक त्रास न्यूनिकरण गराउादै लैजाने, पुननिर्माणमा अभिप्रेरित गर्ने र आम रुपमा भूकम्प सम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ मनोपरामर्श सहितको चेतनामूलक सांस्कृतिक कार्यक्रम ‘भुकम्प सम्वन्धी सांस्कृतिक जनचेतना अभियान’ भूकम्प प्रभावित जिल्लाहरुसहित देशका विभिन्न सय बढी स्थानमा आयोजना गर्‍यौं ।’ उपकुलपति बास्कोटाले भने।

प्रधानमन्त्री कोइरालाले प्रतिष्ठानले गरेका कार्यहरु सराहनिय भएको र यस्ता प्रकृतिका कार्यहरुलाई निरन्तरता दिन सुझाव दिएका थिए। कुलपति सरुभक्तले प्रतिष्ठानले देश निर्माणका लागि र नेपालको संगीत तथा नाट्य विधाको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन र विकास गर्ने कार्यक्रमहरुलाई अझ शसक्त ढंगले अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे।

SUBSCRIBE 👉