‘नाइके’ बन्न पोखरा पुगे आर्यन


aryan-sigdel

Aryan Sigdel | Photo by Kamal Shrestha

ग्ल्यामर नेपाल, पोखरा । अधिकांश फिल्ममा लभरब्याईको भूमिकामा देखिएका नायक आर्यन सिग्देल ‘नाइके’ बन्ने भएका छन्। फिल्मको सुटिङका लागि उनी यतिबेला पोखरामा छन्। यो फिल्मको आइतबार पोखराको विन्दबासीनी मन्दिरमा शुभ मुहर्त भएको छ। मुहर्तसँगै हिजैबाट सुटिङ सुरु भएको निर्देशक नेत्र गुरुङले जानकारी दिएका छन्। मुहर्तमा आर्यनसहित रेम बिक, बोधराज रेग्मी, सुरबिना कार्की लगाएतले सट दिएका थिए। ब्ल्याक स्याडो प्रोडक्शन प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुभमुर्हतमा पोखराका व्यवसायी, फिल्मकर्मी, संचारकर्मी र कलाकारहरुको उपस्थिती रहेको थियो।

निर्देशक गुरुङ एक महिनाभित्र सुटिङ प्याकअप गर्ने योजनामा रहेका छन्। ग्याङस्टारहरुको कथामा बन्न लागेको फिल्मको लगानी ५० लाख रुपैयाँ रहने बताइएको छ। फिल्ममासारिका केसी, विजयराज सेन्चुरी, विकास बाास्तोला, कृष्ण उदासी लगाएत छन्। फिल्मको कार्यकारी निर्माताको रुपमा विष्णु हमाल रहेका छन्। त्यस्तै निर्माताहरुमा जगदिश खनाल, आनन्द क्षेत्री, नारायण खनाल, संगीता पराजुली र रेशा गुरुङ रहेका छन्। पोखरा र आसपासका क्षेत्रमा छायााकन हुने फिल्म नाईकेलाई अर्जुन तिवारीले खिच्दैछन्। फिल्ममा द्धन्द निर्देशकको रुपमा सानुकुमार महर्जन रहेका छन् भने संगीतकारहरुमा ताराप्रकाश लिम्बु, रमण गायक र योगेश काजी बिसी रहेका छन्।

SUBSCRIBE 👉