शीतल निवासमा राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान


चलचित्र विकास बोर्डले २०७१ सालको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गर्ने भएको छ। आठ विधामा गरिने पुरस्कार तथा सम्मान शीतल निवासमा साउन १२ गते मंगलबार ३ बजे सम्माननीय राष्ट्रपतिज्यूबाट वितरण गरिन लागिएको छ।

National Film Award

National Film Award / File Photo

सोही दिन नेपाली चलचित्र क्षेत्रको राष्ट्रिय सम्मानका लागि स्वदेशी चलचित्रको विकास, विस्तार एवं प्रवद्र्धनमा निरन्तर रुपमा क्रियाशील एवं समर्पित रही उल्लेखनीय योगदान पुर्‍याउनु हुने एक जना व्यक्तित्वलाई नगद र ताम्रपत्र सहित चलचित्र दीर्घ साधना सम्मान समेत प्रदान गरिदै छ। दीर्घ साधना सम्मानको राशी रु.३५१,१११/- रहेको छ।

बोर्डले यसपटक उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, लेखन, छायाङ्कन, सम्पादन र उत्कृष्ट आदिवासी जनजाति चलचित्रलाई पनि पुरस्कृत गर्दै छ। पुस्कारमा २०७१ साल वैशाख देखि २०७१ साल चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रहरु मध्य निर्णायक मण्डलबाट छानिएका उत्कृष्ट चलचित्र तथा चलचित्रकर्मीलाई पुरस्कृत गरिन लागिएको हो।

SUBSCRIBE 👉