चितवनका दर्शकलाई सेतोबाघ


काठमाडौं । चितवनमा फिल्म ‘सेतोबाघ’ प्रदर्शन हुने भएको छ । लक्की मिडिया हाउसले चितवनका दर्शकलाई फिल्म हेर्ने चाँजोपाजो मिलाएको हो । चितवनको सुविधा सम्पन्न फिल्म हल सिम्याक्स सिनेमा हल, नारायणघाटमा साउन २८ गते फिल्मको विशेष च्यारिटी शो हुनेछ ।
Seto Baghसंस्थाका प्रबन्ध निर्देशक हरि कार्की ‘लक्की’ले दर्शकको माग अनुसार फिल्मको च्यारिटी शो गरिन लागिएको हो । ‘बसन्ती’, ‘मसान’ जस्ता कृतिमा आधारित फिल्म बनाएका वरिष्ठ कलाकार तथा फिल्म निर्देशक नीर शाहको फिल्मले जंगबहादुर राणाको जीवनकालका अन्तिम ३० दिनको प्रसंगलाई प्रस्तुत गरेको छ ।

राणा परिवार भित्रको दुश्मनी तथा पारिवारिक खिचातानीलाई रोमाञ्चक शैलीमा देखाइएको फिल्ममा बीएस राणाले जंगबहादुरको भूमिका निर्वाह गरेका छन् । ‘सेतोबाघ’ डायमन शमसेर राणाको ऐतिहासिक उपन्यासमाथि बनेको फिल्म हो । फिल्ममा बीएसबाहेक रवि गिरी, श्याम राई, राजाराम पौडेल आदि कलाकारले अभिनय गरेका छन् ।

SUBSCRIBE 👉