शुक्रबारदेखि सपना तिम्रो मेरो


काठमाडौं । ऋषिराज आचार्यको निर्देशनमा बनेको फिल्म ‘सपना तिम्रो मेरो’ आगामी साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ ।
Sapana Timro Meroबैशाख १२ को भुकम्पपछि दर्शकले राम्रा कलाकारको फिल्म हेर्न नपाईरहेको अवस्थामा यो फिल्ममा उनीहरुले अभिनेता सविन श्रेष्ठको एक्सन हेर्न पाउनेछन् । फिल्ममा सविनासँगै सुशान्त कार्की र नवनायिका जान्वी बोहोराले अभिनय गरेका छन् । फिल्मका अन्य कलाकारमा अर्जुन श्रेष्ठ, रश्मी भट्ट, सुजनी केसी, सुरवीर पण्डितलगायत छन् । ऋषिराज स्वयम्को लेखन र निर्माणमा बनेको फिल्म राहुल राईले खिचेका हुन् ।

काठमाडौं, मुडेलगायतका ठाउँमा सुटिङ गरिएको फिल्ममा सम्राट थापाको द्वन्द्व, गम्भीर बिष्टको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत र नवीन निरौलाको सम्पादन छ । फिल्म देशभरका पाँच दर्जन हलमा प्रदर्शन हुने बितरक रोहीत कट्टेलले बताए ।

SUBSCRIBE 👉