हिरो आर्यनलाई जन्मदिनको उपहार क्लासिकको गीतार


काठमाडौं । नेपाली फिल्मका चकलेटी अभिनेता आर्यन सिग्देलले वुधबार आफ्नो ३२ औं जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा उनले बनाउन लागेको दोस्रो फिल्म ‘क्लासिक’ युनिटले उनलाई उपहार स्वरुप गीतार दिएको छ । आर्यन र निर्माता सुवास गिरीले निर्माण गर्न लागेको फिल्म ‘क्लासिक’ असोज १ गतेबाट सुटिङका लागि फ्लोरमा जाँदैछ।

Aryan Sigdel Hero Photo
फिल्म ‘क्लासिक’मा आर्यनलाई दर्शकले गायकको रुपमा देख्नेछन् । त्यसकारणले पनि उनलाई फिल्म युनिटले गीतार उपहार दिएको हो । फिल्मका निर्देशक दिनेश राउतले फिल्ममा आर्यनलाई भूमिका भिब डुबाउन सजिलो होस् भनेर गीतार उपहार दिएको बताए।

जन्मदिनको विशेष कार्यक्रममा निर्देशक राउत, निर्माता गिरी, संगीतकार ताराप्रकाश लिम्बु र अभिनेत्री नम्रता श्रेष्ठले संयुक्त रुपमा गीतार उपहार दिँदा आर्यन खुशीले पुलकित भएका थिए । ‘गीतार त बजाउन आउँदैन, अब सिक्नुपर्ला ।’ गीतार पाएपछि आर्यनले भने।

Hero Aryan Received a guitar as a gift
निर्माता गिरीले आर्यनलाई भूमिका अनुसारको उपहार दिइएको बताए । पत्नी सपनाको साथमा क्लासिक यूनिटसँग जन्मदिन मनाउँदै आर्यनले केक काटे । संगीतकार लिम्बुले फिल्म ‘क्लासिक’का २ वटा गीत गाएर माहोललाई संगीतमय बनाएका थिए ।

आर्यन र सुवासले यसअघि फिल्म ‘नोभेम्बर रेन’ निर्माण गरेका थिए । जुन फिल्मले उत्कृष्ठ व्यापार गरेको थियो ।

SUBSCRIBE 👉