कसैले नगरेको काम गर्दै चंखेका हिरो


काठमाडौं । अभिनेतात्रय सुदर्शन थापा, सुवास थापा र प्रेम पुरीले एकसाथ कसैले पनि नगरेको काम गर्ने भएका छन् । तर उनीहरुले कस्तो काम गर्छन् भन्ने कुरा थाहा पाउनका लागि दर्शकले असोज ८ गतेसम्म पर्खनुपर्छ ।
Chankhe Pankheनिर्माता सन्तोष सेनको निर्माण र सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म ‘चंखे शंखे पंखे’मा यी तिन अभिनेताले कस्तो काम गर्नेछन् भन्ने कुरा दर्शकले हेर्ने छन् । भूकम्पका कारण गत जेठ १ गते प्रर्दशन हुन नपाएपछि चंखे यूनिटले फिल्मको दोस्रो ट्रेलरमा तीन युवाको कामको कुरा प्रस्तुत गरेको छ ।

निकै आक्रमक शैलीको टेलरमा तीन हिरोहरुले देश परिवर्तन गर्नका लागि केही नयाँ काम गर्न खोजेको बताएका छन् । फिल्ममा हिरोइन तर्फ पूजा शर्मा मुख्य भूमिकामा छिन् जसलाई टेलिभिजन रिपोर्टरको भूमिकामा देखाईएको छ ।

SUBSCRIBE 👉