मिलन भन्छन् ‘वीर विक्रम विशुद्ध कथाको हुनेछ’


काठमाडौं । डेब्यु फिल्म ‘हँसिया’बाट फिल्म निर्देशनमा ख्याती कमाएका युवा निर्देशक मिलन चाम्सले अर्को फिल्म ‘वीर विक्रम’को निर्देशन गर्ने भएका छन् । कमेडी, एक्सनलाई प्रमुख प्राथमिकता दिईने फिल्म भदौ १ बाट छायांकनका लागि फ्लोरमा जाँदैछ ।

फिल्मबारे जानकारी दिन राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक चाम्सले आफुले विशुद्ध फिल्म बनाउछु भन्ने अठोट लिएर दोस्रो फिल्म निर्देशन गर्न लागेको बताए । ‘फिल्म बनाउने अन्य साथीहरु फिल्म बनाउने भन्छन् तर त्यस्तो कुरा फिल्ममा देखिँदैन,’उनले भने,‘त्यसकारण पनि म विशुद्ध फ्लेबरको फिल्म बनाउने योजनाका साथ अघि बढेको छु ।’
Beer Bikramफिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, अनुपविक्रम शाही र अर्पण थापाले फिल्ममा आफ्नो पात्रको बारेमा केही नखुलाए पनि आफ्नो भूमिका अन्य फिल्मको भन्दा भिन्न हुने दाबी गरे ।  कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी र नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले फिल्मको सफलताको कामना गरेका थिए ।

लण्डनका निकेश लिम्बु निर्माता रहेको फिल्ममा मिलनको पनि लगानी हुनेछ । फिल्ममा अनिला राई, पृथ्वीराज राई, शिवप्रसाद राई र भेनिसारा राई सह निर्माता छन् । चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा दिया पुन, विवेक लिम्बु, बसन्त भट्ट र शिशिर राणाको पनि अभिनय रहनेछ ।
Bir Bikram 1फिल्ममा याम थापाको पटकथा, ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको द्वन्द्व, रेनेशा राईको कोरियोग्राफी र रामकुमार केसीको छायांकन रहनेछ । रामेछाप, जिरी र काठमाडौंमा छायांकन हुने फिल्मको २०७३ वैशाखमा रिलिज हुँदैछ भने यूकेमा अप्रिल ९, २०१६ मा रिलिज हुनेछ ।

निर्देशक चाम्सका अनुसार जुनको भूमिकामा देखिने दियाले आफ्नो माया पाउनका लागि विक्रम बनेका अनुप र पासाङ बनेका अर्पणले पु¥याएको अवरोधलाई फिल्मले प्रस्तुत गर्नेछ ।

SUBSCRIBE 👉