FOG मा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पाएपछि सुनिलले दिए नेपाल घुम्ने निम्तो(फोटो फिचर)


काठमाडौं । अमेरिकाको सनफ्रान्सिस्कोस्थित सिलिकन भ्यालीमा आयोजित ‘फेस्टिबल अफ ग्लोब’मा चर्चित अभिनेता सुनिल थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ ।

Sunil Thapaकार्यक्रममा थापासँगै हलिउड कलाकार ज्याकी च्यान र मार्टिन सिन, बलिउड संगीतकार गायक बप्पी लहरी, भियतनामी नायिका किउ चीनलाई पनि सोही सम्मानबाट सम्मान गरिएको थियो । बलिउड फिल्म ‘एक दुजेके लिए’बाट फिल्ममा डेब्यु गरेका सुनिलले नेपालमा भने फिल्म ‘चिनो’बाट यात्रा शुरु गरेका थिए । पछिल्लो समय उनले बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको बक्सिङ गुरुको भूमिकामा अभिनय गरेका थिए । अवार्ड पाए पछि उनले सबैलाई नेपाल घुम्न निम्तो दिए ।

Artist Groupयो महोत्सवमा नेपालसहित अमेरिका, भारत, चीन, मेक्सिको, इरान, रुसलगायतका देशका फिल्म र फिल्महरुको सहभागिता छ । महोत्सवमा विश्वभरका १५० चलचित्र प्रदर्शनी हुँदैछन् । महोत्सवमा जोयस पाण्डेको ‘साँघुरो,’ शंकर घिमिरेको ‘तुलसी,’ उदय सिंजापतीको ‘टाटा बाइबाइ’ र छोटा फिल्म अन्तर्गत फूलमान बलको ‘सेलफोन’ र जसकुमार राईको ‘सेक्रिफाइस नेभर डाइ’ प्रदर्शन गरिनेछ ।

Group Danceमहोत्सवमा केकी अधिकारी, शंकर बिसी र नन्दिता केसीको समूहले ‘मोहनी लाग्ला है’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘माइती घर माइतीघर’ जस्ता गीतमा अभिनय गरेका थिए । महोत्सवमा फिल्म निर्माता प्रदीप उदय, निर्देशक सुरेशदर्पण पोखरेल, अभिनेत्री केकी, नन्दिता, अभिनेता सशांक मैनालीलगायतले सहभागिता जनाएका छन् ।Suresh Darpan

SUBSCRIBE 👉