व्युटिसियनको कार्यक्रममा कलाकारलाई सम्मान


Namrata Shrestha

काठमाडौं । ललित व्युटिसियन बहुद्देशीय सहकारीले हिन्दु नारीहरुको महान चाड तिजको अवसर पारेर ललितपुरको थसिखेलमा एक कार्यक्रमको आयोजना गर्दै कलाकार तथा समाजसेवीलाई सम्मान गरेको छ । संस्थाले शनिवार दिउँसो ‘माइती मेला तीज दर कार्यक्रम २०७२’को आयोजना गर्दै हाँस्य कलाकार, नायिका र समाजसेवीलाई सम्मान गरेको हो ।
Priyanka Karkiकार्यक्रमका प्रमुख अतिथि वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले अभिनेत्री रेखा थापा, प्रियंका कार्की, नम्रता श्रेष्ठ, हाँस्य कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई सम्मान गरेका थिए ।
Dhurmus Suntaliकार्यक्रममा हिजो मात्रै जन्मदिन परेकी अभिनेत्री रेखाको सम्मानमा केक काटिएको थियो । रेखाले केक काट्दा सबैले ‘ह्याप्पी बर्थ डे’ रेखा भन्दै सम्मान गरेका थिए । आयोजकका तर्फबाट मिना न्यौपानेले संस्थाले वर्षेनी तिजमा विभिन्न कार्यक्रम गरिरहँदा यसपटक कलाकार तथा अन्य व्यक्तित्वलाई सम्मान गरिएको बताईन् ।
Rekha Thapaसम्मान कार्यक्रम सकिएपछि महिलाहरु तीज गीतमा नाँचेका थिए । तीजसँगै आधुनिक किसिमका गीत बज्दा महिलाहरु आफु बसेको स्थानलाई छाडेर उफ्रिउफ्रि नाँचेका थिए ।

SUBSCRIBE 👉