प्रशान्तलाई विदेश जान कसले मच्चायो


काठमाडौं । युवाहरुलाई विदेश जान निकै रहर लाग्दछ । तर उनीहरुको रहर स्वतस्फूर्त आउने भने पक्कै हुँदैन । अभिनेता तथा गायक प्रशान्त तामाङलाई पनि विदेश जाने रहरले निकै छोएको छ । त्यसैले त उनी फिल्म ‘परदेशी’मा पनि बाबुसँग विदेश जान अनुमति माग्दैछन् ।
Prashant Tamangफिल्मको सार्वजनिक ट्रेलरमा प्रशान्तले बाबु केशव भट्टराई विदेश जान्छु भनेर सोध्दा उनकी आमाले ‘कसले मच्चायो यसलाई’ भनेर प्रश्न सोधेकी छन् । उनलाई विदेशै जानका लागि कसले मच्चायो भन्ने थाहा पाउन चाहिँ दर्शकले दशैंसम्म नै पर्खनुपर्छ । जुन समयमा यो फिल्म रिलिज हुँदैछ ।

मुभिज डटकमको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्देशक नारायण रायमाझी हुन् । उनले डेब्यु निर्देशन रहेको फिल्म ‘गोर्खा पल्टन’ले बक्स अफिसमा उत्कृष्ठ व्यापार गरेको थियो । फिल्मले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको कथालाई प्रस्तुत गरेको छ । राजेश बंशल र रायमाझी नै निर्माता रहेको फिल्ममा प्रशान्तबाहेक रजनी केसी, नरेन खड्का र शेरबहादुर गुरुङलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

SUBSCRIBE 👉