कलेज कलेजमा लभ सब


काठमाडौ । युवा पुस्ताको प्रेम, आकर्षण,सोच र जीवन शैलीको बिषयमा निर्माण गरिएको फिल्म ‘लभसव’ले प्रमोसनको अभियानलाई कलेज केन्द्रित गरेको छ । देवकुमार श्रेष्ठको निर्देशनमा सुशील पोखरेल र नरेन्द्र महर्जनले निर्माण गरेको फिल्म युनीट कलाकारसहित हालै राजधानीको न्याथम कलेज पुगेको थियो । कलेजमा अध्ययनरत एक हजार बढी बिद्यार्थीमाझ निर्देशक देवकुमार, निर्माता सुशील, अभिनेता सलोन बस्नेत, शिशिर भण्डारी र करिश्मा श्रेष्ठले फिल्मका बिशेषता बताउदै फिल्म हेरिदिन आग्रह गरेका थिए ।
Love Subकलेजका विद्यार्थीले पनि युवापुस्ताको कथामा फिल्म बनाएकाले आफूहरु फिल्म हेर्न उत्साहित भएको बताएका थिए । अभिनेता सलोनले ‘होस्टल’ फिल्ममा आफूले बोलेको संवाद प्रस्तुत गरेका थिए भने शिशिरले ‘लभ सब’मा समावेश संवाद बोलेर बिद्यार्थीलाई हँसाएका थिए ।

भदौं २५ गते रिलिज हुन लागेको आफ्नो फिल्म बिशेषगरी युवा पुस्ताका दर्शकप्रति लक्षित भएकाले कलेज प्रमोसनमा लागेको निर्माता सुशीलले बताए । निर्देशक देवकुमारले आफूहरु राजधानीका अन्य कलेजमा पनि जाने जानकारी दिए । फिल्ममा सलोन, शिशिर र करिश्माका साथमा संयम पुरी प्रमुख भूमिकामा छन् ।

SUBSCRIBE 👉