होस्टल रिटन्र्सलाई सप्ताहन्तमा १ करोड ४६ लाख


काठमाडौं । गत साताबाट प्रदर्शनमा आएको फिल्म ‘होस्टल रिटन्र्स’ले सप्ताहन्तमा १ करोड ४६ लाख ग्रस कलेक्सन गरेको छ । फिल्मका निर्माता सुनिल रावलका अनुसार सातामा भएका दुई बन्द र तराईमा लामो समयदेखि भईरहेको बन्दका बाबजुद पनि फिल्मले उक्त ग्रस कलेक्सन गरेको हो ।
Hostel Returns‘अझै बढी पैसा उठ्ने सम्भावना थियो, तर तराईमा भईरहेको निरन्तर बन्द र दुई दिनको नेपाल बन्दमा पनि दर्शकले हलसम्म पुगेर फिल्म हेरिदिनुभयो, जसको कारण पनि फिल्मलाई केही राहत पुगेको छ,’निर्माता रावलले भने,‘फिल्म हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, सबैजनालाई हामी धन्यवाद दिन चाहन्छौं ।’

दुर्गिस फिल्मस्को व्यानरमा बनेको यो फिल्मका निर्देशक सुरज भुषाल हुन् । उनले यसअघि फिल्म ‘मौन’बाट निर्देशनमा डेब्यु गरेका थिए । फिल्मले राजधानीमा बिहीबार पत्रकारका लागि विशेष शो गरेको थियो । फिल्म हेर्न फिल्म युनिटसहित अन्य फिल्मकर्मीहरु र सञ्चारकर्मीहरु उपस्थित थिए ।

SUBSCRIBE 👉