अवार्डको तयारीमा जुटे कलाकारहरु


काठमाडौं । आठौ संकरणसम्म आइपुग्दा नेपाल चलचित्र प्राविधिक संघले नेफ्टा अवार्डलाई भव्य बनाउन कुनै कसर नराख्ने बताएको छ । नेफ्टाका अध्यक्ष मनोज केसीले अघिल्ला गल्तीहरुबाट पाठ सिकेर अवार्डलाई भव्य बनाउने तयारी भैरहेको बताए । यसपटकको नेफ्टा अवार्डमा ८० जना फिल्मीकर्मी कतार जानेछन् । अन्तरराष्ट्रिय कलाकार मञ्च, कतारसँग सहकार्य गर्दै नेफ्टाले असोजको दोश्रो साता अवार्डको आयोजना गर्नेछ ।
Samyam Ashmaअवार्डका लागि अहिले पुरानादेखि नयाँ कलाकारहरु तयारीमा व्यस्त छन् । नृत्य निर्देशक कविराज गहतराजको निर्देशनमा कलाकारले चर्चित चलचित्रका गीतहरु आफ्नै शैलीमा तयारी गरिरहेका छन् । रियल जोडी संयम पुरी र आश्मा डीसीले कोहिनुर फिल्मको शिर्ष गीतमा नृत्य तयारी गरिरहेका छन् । विदेशी भूमिमा नेपाली कलाकारको परिचयले नृत्य गर्न पाउँदा खुशी लागेको बताउँदै यो जोडीले प्रस्तुती भव्य बनाउने बतायो ।

यस्तै, कलाकारद्धय अकेषा बिष्ट र सौरमराज तुलाधर हवल्दार सुन्तलीको डोला डोला बोलको गीतमा नृत्य गरिरहेका छन् । नायक जीवन लुइटेल पनि आफ्नै चर्चित गीतमा प्रस्तुती दिन पाउँदा खुशी लागेको भन्दै दर्शकले मनोरञ्जन लिने बताउँछन् । उनले नायिका वेनिशा हमालसँग मिलेर फिल्म स्टूपिड मनको तिम्रो आँखामा बोलको गीतमा नृत्य गर्नेछन् ।
Sanjog Chiltumनायिका अनु शाहले नायक गौरव पहारीलाई फिल्म अझै पनिको प्रेम गीतको बोलमा साथ दिनेछिन् । कलाकारद्धय छुल्ठिम गुरुङ र संजोग कोइराला चट्ट रुमाल क्या मालुम बोलको गीतमा देखिनेछन् । कलाकारको तयारी देखेर कार्यक्रम संयोजक शिव पुरी पनि अवार्ड भव्य हुनेमा विश्वस्त छन् । उनले पनि यसपटकको अवार्डमा विभिन्न नयाँ शैली दर्शकले देख्न पाउने बताए । आर्यन सिग्देल, नम्रता श्रेष्ठ, बसुन्धरा भुषालदेखि अन्य थुप्रै कलाकार अवार्ड समारोहमा आफ्नो प्रस्तुती दिन लागिपरेका छन्।

SUBSCRIBE 👉