क-कसले जित्ला तीज म्युजिक अवार्ड ? (मनोनयन सूची)


काठमाडौं । दोस्रो तिज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । छायाँछवि क्रियशनको आयोजनामा हुन लागेको तिज म्यूजिक अवार्ड २०७२ को लागि सहभागी भएका तिज गीतहरुबाट विभिन्न १८ विधामा परेका गीत एवं स्रष्टाहरुको मनोनयन सार्वजनिक गरिएको हो।
Teej Festival In Nepal - Red Saree२०७२ मा बजारमा आएका तिज गीतहरुले दिएको आवेदनलाई निर्णायकहरुले गीतको मूल्यांकन गरी तिज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचको मनोनयनलाई सार्वजनिक गरिएको अवार्डका सदस्य–सचिव गीता अधिकारीले बताइन। अवार्डमा सर्वोत्कृष्ट तिज गीत, सर्वोत्कृष्ट तिज दोहोरी, सर्वोत्कृष्ट तिज गायक, सर्वोत्कृष्ट तिज गायिका, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट कोरियोग्राफी, सर्वोत्कृष्ट तिज गीत मोडल, सर्वोत्कृष्ट तिज गीत छायाँकार, सर्वोत्कृष्ट तिज गीत सम्पादक, सर्वोत्कृष्ट तिज गीत सन्देशमूलक गीत लगायतका १८ विधामा परेका गीत र स्रष्टा सर्जकको मनोनयन सार्वजनिक गरिएको हो।

मनोनयन सूची यसप्रकार छ:
उत्कृष्ट सन्देशमुलक तिज गीत
१. अजय अधिकारी शुशील – पानी नखाई ब्रत
२. डब्बु क्षेत्री – माइतीघरमा
३. पम्फा थापा मगर – वरिलै शिरफुल लाउँछु
४.रमेश बी.जी. – भत्क्यो माइतीघर
५. राकेश सोनी – यसपालीको तिज सभ्य बनोस
उत्कृष्ट तिज गीत नव गायन
१. अन्जु श्रेष्ठ – रातो सारी फरर
२. कल्पना कुसुम – यसपालीको तिजमा
३. लक्ष्मी मल्ल – सेल्फी सेल्फी सेल्फी
४. शालु गौतम – यसपाली तिजमा
५. सिनम अधिकारी – सहिमा राजै
उत्कृष्ट तिज गीत सम्पादक
१. जीवन सेन्चुरी – तिज राम्रो रमझमले
४. निशान घिमिरे – इच्छा पुर्याइदेउ
२. टेकेन्द्र शाह – आयो तिजको लहर
३. नवीन घर्ती – मुखले ठिक्क
५. विष्णु शर्मा – रातो साडी
उत्कृष्ट तिज गीत छायाँकार
१. अर्जुन तिवारी – इच्छा पुर्याइदेउ
२. करण चौंसिर – सेल्फी सेल्फी सेल्फी
३. राजेश घिमिरे – रातो सारीमा
४. सुदिप बराल – ए शिवजी
५. ज्ञानेन्द्र शर्मा – रातो सारी
उत्कृष्ट तिज गीत मोडल (पुरुष)
१. जेम्स वि.सी. – नाच्नलाई गाह्रो
२. दुर्गेश थापा – सेल्फी सेल्फी सेल्फी
३. विजय थापा – झुम्का लगाउँछु–
४. विजय थापा – शिरैमा शिरफूल
५. शंकर बी.सी. – मुखैले ठिक्क
उत्कृष्ट तिज गीत मोडल (महिला)
१. ऋचा थापा – शिरैमा शिरफूल
२. करिश्मा ढकाल – सेल्फी सेल्फी सेल्फी
३. नीता ढुंगाना – तिजले गरायो
४. रश्मी तामाङ – मुखैले ठिक्क
५. शुष्मा अधिकारी – माइतीघरको
उत्कृट तिज गीत भिडियो निर्देशन
१. गोविन्द राई – इच्छा पुर्याइदेऊ
२. प्रकाश भट्ट – सेल्फी सेल्फी सेल्फी
३. विजय थापा – झुम्का लगाउँछु
४. शंकर बिसी – ठोक मादल
५. शिव वि.क. – शिवजीको ब्रत
उत्कृष्ट तिज गीत कोरियोग्राफर
१. गोविन्द राई – तिजले गरायो
२. प्रकाश भट्ट – सेल्फी सेल्फी सेल्फी
३. प्रदीप श्रेष्ठ – रातो सारी
४.स्मृति तिमिल्सिना – तिजको रमझम
५. शंकर वि.सी. – मुखैले ठिक्क बनायो
उत्कृष्ट तीज गीत एरेञ्जर
१. अर्जुन पोखरेल – यसपाली तिजमा
२. झलक संगीतम् – ब्रत बसेको
३. महाराज थापा – इच्छा पुर्याइदेउ
४. राजन इशान – आयो तिजको लहर
५. विनोद बाजुराली – तिज आयो
उत्कृष्ट तिज दोहोरी गीत भाका
१. महेश खड्का – तिज राम्रो रमझमले
२. रामु विरही – ब्रत बसेको
३. हरि खत्री – घुम्दै आयो
४. सुजन लम्साल – रातो सारी
५. शिव हमाल – दिदी माइत
उत्कृष्ट तिज दोहोरी गीत शब्द
१. टंक प्रसाद जोशी – मुसुक्क हाँसेरे
२. मीनु सञ्जीवनी – तिजको रमझमले
३. वसन्त राठौर – सहिमा राजै
४. शिव हमाल – दिदी माइतीे
५. हरि खत्री – घुम्दै आयो
उत्कृष्ट तिज दोहोरी गीत गायक
१. कृष्ण रेउले – पोखरामा ससुराली
२. खुमन अधिकारी – सितारा टलल
३. राजेन्द्र कँडेल – वाचा गरें लै
४. वसन्त थापा – सेल्फी सेल्फी सेल्फी
५. सन्दिप न्यौपाने – रातो सारी
उत्कृष्ट तिज दोहोरी गीत गायिका
१. उमा श्रेष्ठ – सितारा टलल
२. टीका पुन – शिरैमा शिरफुल
३. देवीका के.सी – रातो सारी
४. राधिका हमाल – घाटाको कारोबार
५. सहिमा श्रेष्ठ – तिजको रमझम
उत्कृष्ट तिज दोहोरी गीत
१. घाटाको कारोबार – विन्ध्यवासीनी म्यूजिक प्रा.लि
२. तिजको रमझम – शिवदर्शन डिजिटल प्रा.लि
३. दिदी माइत – गोरखा चौतारी म्यूजिक प्रा.लि
४. रातो सारी – टि–टाइम म्यूजिक प्रा.लि
५. सेल्फी सेल्फी सेल्फी – पशुपति म्यूजिक प्रालि
उत्कृष्ट तिज गीत शब्द
१. गायत्री थापा – माइतीको झल्को
२. मन्जु पौडेल – आइपुग्यो तिज पनि
३. हरि विष्ट – तिजको दरखाने बेला
४. विनोद बन्जारा – कसलाई थाहा छ
५. सुरेश अधिकारी – इच्छा पुर्याइदेउ
उत्कृष्ट तिज गीत भाका
१. ज्योति मगर – छोटो सारीमा
२. दिनेश लामा – म त नाच्ने हो छमछम
३. प्रेम सागर पौडेल – माइतीको कुकुर नि पियारो
४. लक्ष्मण पौडेल – वर्ष दिनको तिज
५. विमल डाँगी – सुन संगीतनी
उत्कृष्ट तिज गीत गायिका
१. अमृता लुङ्गेली मगर – तिज आयो
२. कल्पना देवकोटा पौडेल – वर्ष दिनको तीज
३. माइतीको झल्को – देवी घर्ती मगर
४.सुनिता दुलाल – इच्छा पुर्याइदेउ
५. शोभा त्रिपाठी – ठोक मादल
उत्कृष्ट तिज गीत
१. इच्छा पुर्याइदेउ – कमलादेवी डिजिटल
२. तिज आयो – तिर्सना म्यूजिक
३. तिजको दरखाने – गंगामाला फिल्मस
४. माइतीको कुकुर नि पियारो –प्राप्ति म्यूजिक
५. माइतीको झल्को – शिवदर्शन म्यूजिक

SUBSCRIBE 👉