जिस्कँदा-जिस्कँदै बूढीकन्या भइएला है दीपा जी !


Deepa-Shree-photo1

Deepa Shree Niraula

दीपाश्री निरौलासँग अहिले नाम र दाम दुवै छ। हास्य टेलिफिल्म तीतो सत्यले दिएको सफलतामा फिल्म ६ एकान ६ ले अझ इँटा थपिदिएको छ। यस फिल्ममा उनको लगानी मात्र थिएन, सहनिर्देशन पनि थियो। सोही कारण उनले छिट्टै ठूलो पर्दाको फिल्म सोलो निर्देशन गरे अचम्म नमाने हुन्छ।

करअिरमा उचाइ चुमिरहेकी दीपाको व्यक्तिगत जीवनमा भने चमक छाउन सकेको छैन। उमेरले दुई बीस नाघिसक्दा पनि घरजम गर्ने सुरसार छैन। नेपाली परम्परा अनुसार सिउँदोमा सिन्दुर नभरुन्जेल नारीको जीवन पूर्ण भएको मानिँदैन। यो कुरा दीपालाई पनि थाहा होला। तर, के कुराले उनको विवाहलाई छेक्यो ? कौतूहलको विषय बनेको छ। कसैले सोधिहाले कि हाँसेरै टार्छिन्, कि ठट्यौलो उत्तर दिन्छिन्। तर, यसरी जिस्कँदा-जिस्कँदै बूढीकन्या भइएला भनेर सम्झाइदिने को होला ? लौ न दीपकजी, अरूले नभए पनि तपाईंले सम्झाइदिनुपर्‍यो। – नेपाल साप्ताहिक बाट साभार गरिएको
तस्वीरहरु: महेश्वर मान सिं / ग्ल्यामर नेपाल

SUBSCRIBE 👉