नम्रता गीतमा नम्रताको नृत्य


काठमाडौं । नायिका नम्रता श्रेष्ठको नाममा बनेको गीत ‘हे नम्रता’ मा नायिका श्रेष्ठ आफैले नृत्य गरेकी छिन् । बडादसैंमा देशभरी एकैसाथ आउने हास्यप्रधान चलचित्र ‘अधकट्टी’को उक्त आइटम गीतमा नम्रता आफैले नृत्य गरेकी हुन् ।
Namrata Shrestha Adhkatti Photo‘मेरो नाममै गीत बन्ने भएपछि म चलचित्रमा नाच्न तयार भएकी थिएँ’–नम्रता भन्छिन् । चलचित्र ‘अधकट्टी’मा नम्रता नायिका नम्रता श्रेष्ठकै भुमिकामा छिन् । गीतमा उनी नायक गौरव पहारी, विल्सनविक्रम राई, प्रदिप बास्तोला र गजित विष्टका साथ भृकुटी मण्डपको बाल उद्यानमा कम्मर मर्काएर नाचेकी छिन् ।

राजन इशानको संगीतमा विज्ञापन व्यवसायी रंजित आचार्यद्वारा रचित गीत ‘हे नम्रता’मा गायिका निशा देशारका साथ राजन इशान र युवराज चौंलागाईको स्वर रहेको छ । सञ्चारकर्मी सुव्रत आचार्यको निर्देशन रहेको ‘अधकट्टी’लाई प्रदिपकुमार उदयले निर्माण गरेका हुन् । ‘हे नम्रता’मा नृत्य निर्देशन कविराज गहतराज, छायांकन हरि घले लामा र सम्पादन बनिश शाह र मिलन श्रेष्ठ छन् ।

SUBSCRIBE 👉