‘माग्ने बुढा चारकोस पर भागे’


काठमाडौं । चर्चित हाँस्य कलाकार दीपाश्री निरौला र केदार घिमिरे ‘माग्ने बुढा’को शारीरिक बनावटमा आकाश पातालको फरक छ । मोटी दीपा र लुइरे केदारको फिल्मी ट्युनिङको कुरा सुन्दा दर्शकलाई रमाइलै लाग्छ । आगामी असोज १ गतेबाट रिलिज हुँदै गरेको फिल्म ‘वडा नम्बर ६’मा यी दुई कलाकारले फिल्मको चर्चित गीत ‘सुर्के थैली’मा सँगै नाँचेका छन् । फिल्मको गीत हेर्दा यो जोडीको इन्ट्री पहिले नै हुन्छ ।

नाँच्नमा दीपाश्री खप्पिस छिन्, सँगैका केदारलाई चाहिँ नृत्यको शैलीबारे केही ज्ञान नै छैन । दीपाश्रीको नृत्यलाई अठार वर्ष अघि दर्शकले फिल्म ‘गाउँले’को चर्चित गीत ‘गोली सिसाको’मा नै देखिसकेका थिए । तर केदारलाई भने दर्शकले फिल्मको पर्दामा त टेलिभिजनको पर्दामा पनि देख्न पाएका छैनन् ।

Deepa-Shreeदीपाश्रीका अनुसार ‘सुर्के थैली’को सुटिङ गर्दा माग्ने बुढालाई गीतमा नँचाउन निकै गाह«ो भएको थियो । ‘गीतमा कोरियोग्राफर शंकर बिसीले दीपाश्रीलाई बोक्नुपर्छ भन्दा माग्ने बुढा चारकोस पर भागेका थिए,’दीपाश्रीले हाँस्दै भनिन्,‘मलाई र माग्ने बुढालाई सँगै नचाउँदा कस्तो होला भन्ने लागेको थियो, तर गीत तयार भएपछि हेर्दा राम्रै देखियो ।’

यो गीतको छायांकन गर्दा दीपाश्री र शंकरले केदारलाई नृत्यका धेरै स्टेप सिकाएका रहेछन् । ‘फिल्मको स्टोरी अनुसार हाम्रो नृत्य हो, केदार दाईलाई नृत्य सिकाउँदा त पागल नै जस्तो भईएको थियो नि ।’ उनले भनिन् । सानैदेखि नाँच्न खप्पिस दीपाश्रीले फिल्म ‘सुकुम्बासी’को ‘घिनघिन घिन्ताङ’, ‘परेली’को ‘हिउँजस्ती गोरी’लगायतका गीतमा नृत्य गरिसकेकी छन् ।

उज्जवल घिमिरेले निर्देशन गरेको ‘वडा नम्बर ६’लाई दीपाश्रीसहित दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, निर्मल शर्मालगायतले निर्माण गरेका हुन् । फिल्ममा दीपक र केदारसहित, जितु, सीताराम कट्टेल, प्रियंका कार्की, सन्दिप क्षेत्रीलगायतले अभिनय गरेका छन् ।

SUBSCRIBE 👉