तीज गीत म्युजिक अवार्डमा “सेल्फी सेल्फ़ि…” लाई तीन अवार्ड


छाँयाछवि क्रिएसनले आयोजना गरेको ‘दोस्रो तीज गीत म्युजिक अवार्ड’मा ‘सेल्फी सेल्फी’ बोलको गीतले सर्वाधिक तीन अवार्ड जितेको छ। राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा गीतका लागि प्रकाश भट्टले ‘उत्कृष्ठ तीज गीत भिडियो निर्देशन’(बसन्त थापा) ‘ उत्कृष्ट तिज दोहोरी गीत गायक’ र ‘पपुलर अवार्ड’ पायो।

Teej Music Award | Photo: Nabin Gurung

Teej Music Award | Photo: Nabin Gurung

त्यस्तै ‘माइतीघरमा’का लागि डब्बु क्षेत्रीले ‘उत्कृष्ट सन्देशमुलक तिज गीत’, ‘यसपालीको तिजमा’का लागि कल्पना कुसुमले ‘उत्कृष्ट तिज गीत नव गायन’, ‘तिम्रो राम्रो रमझमले’का लागि जीवन सेञ्चुरीले ‘उत्कृष्ट तिज गीत सम्पादक’, ‘रातो सारी’का लागि ज्ञानेन्द्र शर्माले ‘उत्कृष्ट तिज गीत छायाँकार’, ‘शिरैमा शिरफूल’का लागि विजय थापाले ‘उत्कृष्ट तिज गीत मोडल (पुरुष)’ विधाको अवार्ड चुमे।

यसैगरी ‘मुखैले ठिक्क’का लागि रश्मी तामाङले ‘उत्कृष्ट तिज गीत मोडल (महिला)’, ‘मुखैले ठिक्क’का लागि शंकर बिसीले ‘उत्कृष्ट तिज गीत कोरियोग्राफर’, ‘ब्रत बसेको’का लागि झलक संगीतमले ‘उत्कृष्ट तीज गीत एरेञ्जर’, ‘दिदी माइत’का लागि शिव हमालले ‘उत्कृष्ट तिज दोहोरी गीत भाका’, ‘घुम्दै आयौ’का लागि हरि खत्रीले ‘उत्कृष्ट तिज दोहोरी गीत शब्द’ विधाको अवार्ड पोल्टामा पारे।

Teej Music Award | Photo: Nabin Gurung

Teej Music Award | Photo: Nabin Gurung

त्यसैगरी ‘शिरैमा शिरफूल’का लागि टिका पुनले ‘उत्कृष्ट तिज दोहोरी गीत गायिका’, ‘दिदी माइत’का लागि गोरखा चौतारी म्युजिक प्रालिले ‘उत्कृष्ट तिज दोहोरी गीत’, ‘तीजको दरखाने बेला’ का लागि हरि विष्टले ‘उत्कृष्ट तिज गीत शब्द’, ‘इच्छा पु¥र्याइदेऊ’का लागि सुनिता दुलालले ‘उत्कृष्ट तिज गीत गायिका’, ‘म त नाँच्ने हो छम छम’का लागि दिनेश लामाले ‘उत्कष्ठ तीज गीत भाका’ र ‘माइतीको झल्को’का लागि शिवदर्शन म्युजिकले ‘उत्कृष्ट तिज गीत’को अवार्ड जित्यो।

अवार्डकी सदस्य सचिव गीता अधिकारीले २०७२ मा बजारमा आएका तिज गीतहरुले अवार्डमा प्रतिष्पर्धा गरेको बताईन् ।

SUBSCRIBE 👉