सिजन मिडियाको व्यवस्थापनमा करिश्मा मानन्धरले गरिन “हेल्दी होम” को उद्घाटन


नायिका करिश्मा मानन्धरले “हेल्दी होम”को सातौ शाखा उद्घाटन गरेकी छिन्। भदौं २६ गते विश्वज्योती मल जमलमा आयोजित एक कार्यक्रममा विच करिश्माले रिवन काटी सो शाखा संचालनमा आएको औपचारिक घोषणा गरेकी हुन्। उद्घाटन कार्यक्रमको व्यवस्थापन सिजन मिडियाले गरेको हो। हरेक वर्ष सौन्दर्य प्रतियोगिता तथा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको सिजन मिडियाले अवदेखि अरुले आयोजना गर्ने कार्यक्रमलाई समेत सफल व्यवस्थापन गर्ने कार्य गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले बताएका छन्।

Karishma Manandharकार्यक्रममा फेशन सो तथा गीत संगीत समेत प्रस्तुत गरिएको थियो। फेशन सो मा सिजन मिडियाद्धारा विगतमा आयोजना गरिएको सौन्दर्य प्रतियोगीतामा विजेता भएकाहरु मिस इलेज २०१३ की विजेता प्रज्ञा लामिछाने ,२०१५ कि विजेता सहारा श्रेष्ठ फष्ट रनरअ प प्रसंसा पौड्याल , एसएलसी प्रिन्सेज २०१४ र १५ का वीजेताद्धय अलिसा श्रेष्ठ र अन्जु भण्डारी, सलोनी भट्टराई , निलुफा थापा र मोडलहरु पुजा खड्का र इरिना केसी ले फेशन सेन्टर भाटभटेनीको ड्रेस डिजाइनमा साडी लेहेंगा आदी लगाएर र्याम्पमा उत्रिएका थिय।


कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्


SUBSCRIBE 👉