करोड क्लबमा वडा नम्बर ६


काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘वडा नम्बर ६’ले शनिबारसम्म एक करोडको कारोबार गरेको छ । चलचित्र वितरक गोपाल कायस्थका अनुसार शनिवार साँझसम्म फिल्म करोड क्लबमा प्रवेश गरेको हो ।

राजधानीका २४ वटा पर्दाहरुबाट प्रर्दशनमा आएको फिल्मले शनिवार ३१ वटा पर्दा पाएको छ । फिल्मले शुक्रबार मात्रै २७ लाख ३५ हजारको ग्रश कलेक्सन गरेको थियो । शनिवार झनै शुक्रबार भन्दा बढी मान्छेको फ्लो हलमा देखिएको थियो । शनिवार साँझ सम्म मोटामोटी चलचित्रले एक करोडको ग्रश कलेक्सन गरेको वितरक कायस्थले जनाए ।
Woda-Number-Chaत्यस्तै फिल्मले गोपी कृष्ण मुभिजमा पनि नयाँ इतिहास रचेको छ । अहिलेसम्म कहिल्यै पनि गोपीकृष्ण मुभिजका दुई ठुला हलहरु गोपी र कृष्णमा एकैपटक एउटै नेपाली सिनेमा लागेको रेकर्ड छैन । तर प्रथम पटक यही फिल्मबाट दुबै ठुला हलहरुमा हिन्दी फिल्मलाई हटाएर फिल्म प्रर्दशन गरिएको छ ।

उज्जवल घिमिरे निर्देशित फिल्ममा दिपकराज गिरी , दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, निर शाह, राजाराम पौडेललगायत कलाकारहरुले अभिनय गरेका छन् ।

SUBSCRIBE 👉