बेहुला हुँदा भगाईए आर्यन(भिडियो)


काठमाडौं । अभिनेता आर्यन सिग्देललाई अभिनेत्री आशिका तामाङले बिहेको मण्डपबाटै उठाउँदा तनाव भएको छ । सुरविना कार्कीसँग विवाहका लागि तयार भईरहँदा आशिकाले आर्यनलाई भगाईदिएपछि उनका दाजुहरुले आर्यनको खोजी गर्दा तनाव भएको हो । तर यो तनाव भने वास्तविक चाहिँ होईन् । आगामी कार्तिक ३ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘सुश्री’को सार्वजनिक ट्रेलरमा यी दृश्यहरु दर्शकले हेर्न पाउनेछन् ।
Aaryan-Sigdelआशिका फिल्मस् प्रालिको व्यानरमा निर्मित यो फिल्मको ट्रेलरलाई कमेडी रुपमा प्रस्तुत गरिएको छ । लेखक शिवम अधिकारीको डेब्यु निर्देशन रहेको फिल्ममा राजाराम पौडेल,बिकास चापागाई र मिश्री थापालगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका निर्माता आत्माराम थापा हुन् ।

फिल्मलाई रामेश्वर कार्कीले खिचेका छन् भने शंकर बिसीको कोरियोग्राफी रहेको छ । फिल्ममा सानुकुमारले दन्द निर्देशन गरेका छन् । त्यस्तै बसन्त सापकोटा र आशिष पुरुषको शब्द रहेको छ भने बसन्त र सुबास भुषालले संगीत भरेका छन् । फिल्मको गीतमा सन्तोष लामा,बसन्त सापकोटा,मिलन अमात्य र निकिता थापाले स्वर दिएका छन् ।

SUBSCRIBE 👉