लालबाबुले भने–क्लाइमेक्स छोटो भयो


काठमाडौं । पीआर र डिभी विरोधी मन्त्रीका रुपमा परिचित सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित र नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले संगै बसेर बुधबार फिल्म चंखे शंखे पंखे हेरेका छन् । राजधानीको कमलपोखरीस्थित वीग मुभिजमा आयोजित प्रिमियरमा उनीहरुले फिल्म मात्र हेरेनन् कलाकारहरुसँँग सेल्फी फोटो समेत लिन भ्याएका थिए । विशेष गरी सेल्फी फोटो लिन माधव नेपालको उत्सुक्ता ज्यादा देखिएको थियो ।
Political-Leaderउनीहरुले फिल्मको बिषय बस्तु गम्भीर रहेको भन्दै यस्ता बिषय बस्तुमा अरु फिल्म पनि बन्नु पर्ने प्रतिक्रिया दिएका छन् । हत्तपत्त फिल्म नहेर्ने लालबाबु पण्डितलाई चाँहि क्लाईमेक्स अपेक्षा भन्दा छोटो लागेका प्रतिक्रिया दिए।  नेता नेपालले युवाको राष्ट्रियता प्रेम आफुलाई मनपरेको बताए ।

सन्तोष सेनको निर्माणमा सुदर्शन थापाले निर्देशन गरेको फिल्मको पहिलो भाग कमेडी र दोश्रो भागमा आधुनिक राष्ट्रिययताको बिषय उठान गरिएको छ । फिल्ममा निर्देशक सुर्दशन थापा सहित हिरोइन पूजा शर्मा , सुवास थापा, प्रेम पुरी, प्रमोद अग्रहरी, नन्दिता केसी लागयतको मुख्य अभिनय छ ।
Chankhe-Shankheफिल्म हेर्न एमाओवादी नेता अग्नी सापकोटा पनि पुगेका थिए । अग्नी अभिनेत्री पुजाका मामा हुन् ।  प्रिमियर समारोहमा महिना दिन अघि चंखे यूनिटले घोषणा गरेको राष्ट्रभक्ति फोटो प्रतियोगिताका तीन बिजेता अञ्जली खड्गी, अस्मिता गैरे , उपकार भण्डारीलाई क्रमश २५ हजार र १५ हजार र १० हजार नगद सहित पुरस्कृत गरिएको थियो ।

SUBSCRIBE 👉